संकटमा ठेकी बनाउने व्यवसाय « Khabarhub

संकटमा ठेकी बनाउने व्यवसाय


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा- कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुन्थे ।

बाउबाजेले सिकाएको पुर्ख्यौली ठेकी बनाउने कलामा उनी अब्बल छन् । उनीजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीको व्यवसाय गर्छन् । तर दुई वर्ष भयो न उहाँहरुले नयाँ ठेकी बनाउन पाउनुभएको छ न व्यापारका लागि घुम्नडुल्न नै ।

जिल्लाका बलेवामा रहेका चुँदार समुदायले परम्परागत प्रविधिको प्रयोग गरेर काठका ठेकी उत्पादन गर्दै आएका छन् । जङ्गलमा पाइने गिठेदारबाट बनाइने ठेकी गाउँघरमा दूध दही राख्नका लागि प्रयोग हुने गरेका छन् ।

कोरोनाका कारण उनीहरुको काम र व्यापार ठप्प छ । पछिल्लो समय बजार ओगटेका प्लाष्टिक र स्टिलका सामानले काठको ठेकीको माग घट्दै गएका बेला महामारीले हुने गरेका व्यापारमा समेत अवरोध गरेको पूर्णबहादुर बताउछन् ।

“दुई वर्ष भयो घर छोड्न पाइएको छैन, काठ खोज्न जानु न ठेका कुँद्नु”, उनले भने, “अब त खुल्यो भने पनि प्लाष्टिकका भाडाले काठका भाडा नखोज्ने बनाउँछ होला ।”

ठेकाका लागि आवश्यक पर्ने गिठेदार बागलुङमा पाइँदैन । गुल्मी र पाल्पा पुगेर कालीगढले कहिले काठ ल्याउने त कहिले ठेकी नै उतै कुँदेर ल्याउने गरेका थिए । बन्दाबन्दीले उनीहरुको दिन दैनिकीमा असर गरेको छ ।

जिल्लामा उत्पादन हुने ठेकी गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिक्री हुने गरेका छन् । गिठेदारको ठेकीलाई व्यवसायीले मानाको रु ७०० देखि एक हजारसम्ममा बिक्री गर्ने गरेका छन् ।

स्थानीय काठबाट ठेकी बनाउन कठिन हुने र उपभोक्ताको माग पनि गिठेदारनै हुने भएका हात पट्याएर बस्नुपरेको टेकहादुर बताउँछन् । चाडपर्वको बेला गाउँ गाउँमा ठेका बोकेर डुल्ने उनीहरु दुई वर्षदेखि घरमै छन् ।

“दशैँ र चैतेदशैँमा बागलुङ कालिका आसपासमा राखेर ठेका बेचिन्थ्यो, काठका भाडा खुब खोज्थे”,उनले भने, “फेसनका जिनिसले कम बिक्न थालेका थिए, त्यहीँमाथी कोरोनाले थला पार्यो ।”

मेहेनत धेरै लाग्ने र सीपको आवश्यकता हुने भएकाले युवापुस्ताको आकर्षण यो व्यवसायमा कम छ । काठका भाडामा राखेको दुग्धजन्य पर्दा मीठो र नसड्ने भएकाले पुरानो पुस्ताले खोजी गरे पनि नयाँ पुस्तामा प्लाष्टिकको मोह बढी रहेकाले व्यवसाय नै सङ्कटमा पर्न थालेको चुँदारा समुदाय बताउँछन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : १० बजे

नेपालको शिक्षामा सहकार्य गर्न नर्वे सरकार उत्सुक

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

सरकारले खारेज गर्याे भूमि आयोग

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ

कांग्रेसले भन्यो : भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक

काठमाडौं – लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

इरानी क्षेप्यास्त्र आक्रमणपछि यूएईले भन्यो : खतरा नियन्त्रणमा छ

काठमाडौं – मध्यपूर्वमा इरान र अमेरिकाबीच भएको युद्धविरामपछि पुनः तनाव

इरानद्वारा पुनः हमला सुरु, अबुधाबीमा विस्फोटको आवाज सुनियो

काठमाडौं – सोमबार इरानले पुनः क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ