माधव नेपालविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को पेसी मंगलबार | Khabarhub Khabarhub

माधव नेपालविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को पेसी मंगलबार


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माधव नेपालसहित १४ सांसद पदमुक्तको अन्तरिम आदेश माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ गरेको छ ।

न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि शुक्रबारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । दाहालले सुनुवाइ नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा गएको बताए ।

एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको भन्दै ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

रिटमा १४ सांसद कारवाही नगर्ने सभामुखको निर्णय खारेज हुनुपर्ने, एमालेले कानुन बमोजिम गरेको कारवाही कार्यान्वयन गरी सूचना टाँस्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको छ ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ५ : ०४ बजे

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍यो : प्रदीप ज्ञवाली

बैतडी– नेकपा एमालेका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप

नेपालविरुद्ध वेस्ट इन्डिज ए का चार्ल्सको शतक

काठमाडौं- वेस्ट इन्डिज ए का जोन्सन चार्ल्सले शतक बनाएका छन्

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाको अपिल

काबुल– अफगानिस्तानको हेरात प्रान्तका मंगलबार मस्जिदमा भएको आक्रमणमा एक महिला

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट 

ढोरपाटन– बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि