अनुष्का र विराटबीच बढ्यो दुरी | Khabarhub Khabarhub

अनुष्का र विराटबीच बढ्यो दुरी


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति विराट कोहलीको सम्बन्धमा दुरी आएको छ । यो कुराको जानकारी अनुष्काले इन्स्टाग्राम पोष्टमार्फत दिएकी छन् । अनुष्का हाल दुबईको एक होटलमा ‘क्वारेन्टाइन’मा छिन् । जसकारण आफूहरुबीचको सम्बन्धमा ‘दुरी’ आएको उल्लेख गरेकी छन् ।

युएईमा भइरहेको ‘आइसीसी मेन्स टी२० विश्वकप’मा भारतको प्रतिनिधित्व गरिरहेको विराटको टिमलाई हौसला बढाउनका लागि अनुष्का दुबई पुगेकी हुन् । त्यहाँ जाने जोकोही क्वारेन्टाइनमा बस्नुपर्ने नियम रहेकाले विराटको केही तस्वीरसँगै आफ्नो अवस्था उल्लेख गरेकी छन् ।

अनुष्काले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एक फोटो शेयर गरेकी छन् । जसमा विराट कोहली होटलको बार्दलीमा उभिएर अनुष्कालाई ‘हाइ’ गरिरहेका छन् ।

‘म यी दुई क्याप्सनमा एक छनोट गर्न सकिनँ– क्वारेन्टाइन तपाईंको हृदयलाई अझ प्रेमपूर्ण बनाउछ र फोकावाला जिन्दगीको बीच प्रेम । तपाईंहरुले सम्झिनु नै भयो होला’, उनले लेखेकी छन् ।

अनुष्काको यो पोस्टमा रणवीर सिंह, सानिया मिर्जासहित कैयौं बलिउड सेलिब्रेटीले आफ्नो प्रतिक्रिया दिएका छन् । अनुष्काले छोरी वामिकासँगको कैयौं तस्वीर पनि शेयर गरेकी छन् ।

अनुष्का र विराटले सन् २०१७ डिसेम्बर ११ मा इटलीमा विवाह गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : ३० बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास