जावा मोटरसाइकलको डिलर विरगन्जमा विस्तार « Khabarhub

जावा मोटरसाइकलको डिलर विरगन्जमा विस्तार


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. ले प्रतीमा चोक, विरगन्जमा आफ्नो नयाँ डिलर एस.आर. मोटोकर्पको स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेत का विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि विरगन्जमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो ।

एस.आर मोटोकर्पका प्रबन्ध निर्देशक रविन्द्र श्रेष्ठका अनुसार, “हाम्रो थातथलोमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा हाम्रा लागि गर्वका कुरा हो । हाम्रो विरगन्ज र यस वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौं । जावा एक प्रमाणित र प्रतिष्ठित ब्रान्ड हो, यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु कि उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा विरगन्जमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने म विश्वस्त छु ।”

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा प्रतीमा चोक, विरगन्ज र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का लागि ९८०२९३५०४० डायल गर्न सक्नु हुनेछ ।

जावा मोटरसाइकलको बारेमा
जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो, जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग ईन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो ।

यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दोहोरो विशेषताहरू – यसको सुन्दर डिजाइन र बलियो प्रदर्शन चरित्रले यसले प्रयोगकताएहरूका मन जित्नमात्र सहयोग नगरी विश्वका थुपै विश्व उपाधि पनि जितेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १२ : ०० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको