जावा मोटरसाइकलको डिलर विरगन्जमा विस्तार « Khabarhub

जावा मोटरसाइकलको डिलर विरगन्जमा विस्तार


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. ले प्रतीमा चोक, विरगन्जमा आफ्नो नयाँ डिलर एस.आर. मोटोकर्पको स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेत का विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि विरगन्जमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो ।

एस.आर मोटोकर्पका प्रबन्ध निर्देशक रविन्द्र श्रेष्ठका अनुसार, “हाम्रो थातथलोमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा हाम्रा लागि गर्वका कुरा हो । हाम्रो विरगन्ज र यस वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौं । जावा एक प्रमाणित र प्रतिष्ठित ब्रान्ड हो, यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु कि उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा विरगन्जमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने म विश्वस्त छु ।”

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा प्रतीमा चोक, विरगन्ज र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का लागि ९८०२९३५०४० डायल गर्न सक्नु हुनेछ ।

जावा मोटरसाइकलको बारेमा
जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो, जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग ईन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो ।

यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दोहोरो विशेषताहरू – यसको सुन्दर डिजाइन र बलियो प्रदर्शन चरित्रले यसले प्रयोगकताएहरूका मन जित्नमात्र सहयोग नगरी विश्वका थुपै विश्व उपाधि पनि जितेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १२ : ०० बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका