नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा हिमपात « Khabarhub

नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा हिमपात


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । आइतबार बेलुकादेखि पानीसँगै हिउँ परेको हो ।

नाम्खा गाउँपालिकाको लिमी र मुचुको यारीका बस्ती ४२ सय मिटरभन्दा अग्लो स्थानमा छन् । एक फिट हिउँ जमेकाले गाईवस्तु चराउन जानसमेत कठिन रहेको लिमीबाट वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

हिउँ पर्ने क्रम जारी रहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

हिमपातका कारण लिमी र मुचुको हिल्सा जाने मार्गसमेत अवरुद्ध भएको छ । तापक्रम माइनसमा झरेपछि जनजीवन प्रभावित भएको छ भने सञ्चार सेवासमेत बन्द भएको तामाङले बताए ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : २० बजे

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं– युरोपेली संघ ईयूले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर