भारतमा जीप दुर्घटना हुँदा बैतडीका दुई जनासहित पाँच जनाको मृत्यु « Khabarhub

भारतमा जीप दुर्घटना हुँदा बैतडीका दुई जनासहित पाँच जनाको मृत्यु


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भारतको पिथौरागढमा भएको सडक दुर्घटनामा बैतडीका दुई जना सहित ५ जनाको मृत्यु भएको छ । भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पीएच १ एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भिरबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा बैतडीको पाटन ६ का मोहन जोशी, खिमाली गाउँका दीपक अवस्थी, भारतीय सेनाका अवकासप्राप्त ब्रिग्रेडियर विनोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंहको मृत्यु भएको भारतीय संचार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा मृत्यु भएका जोशी पाटन बहुमुखी क्याम्पस पाटन बैतडीमा प्राध्यापनरत थिए ।

गाडी विनोदकुमार चन्द आफैँले चलाइरहेका थिए । उनको गाउँ बुगामा बसधबारै कुलपूजा थियो । पूजाभन्दा अगाडि बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्णप्रयाग जाने सल्लाह दिएका थिए ।

स्नान गरेर कुलपूजाका लागि फर्किंदै गर्दा दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । अवस्थी र जोशी चन्दका कुल पुजारीसमेत थिए । चन्द राति अनिँदो रहेका र गाडी चलाउँदा निद्रा लागेपछि दुर्घटना भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै संचार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १० : ०० बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट