डुबानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सक्रियता (फोटो फिचर) « Khabarhub

डुबानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सक्रियता (फोटो फिचर)


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापा जिल्लाको बिभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढिले डुबानमा परेका करिब २ सय घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बल नेपालका बिभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा सकृयताका साथ जुटेको हो ।

यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हिक्मतपुर स्थित मोहना नदीमा पानीको बहाव बढेर करिब ७५ घरधूरी डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएको सशस्त्र प्रहरी उनिहरुको उद्धारकार्यमा सकृयताका साथ जुटेको हो ।

यसैगरी सुनसरी जिल्लाको वर्जु गाउँपालिका ३ फरामचोक स्थित करिब ५० घर डुबानमा परेपछि सो ठाउँमा बसोबास गर्ने २०० जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमदुवाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी कञ्चनपुर जिल्लाका वेलौरी नगरपालिका २ स्थित खैरेनीमा बाढिले ३ वटा घरहरु डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सशस्त्र प्रहरीले डुबानमा परेका ब्यत्तिहरुलाई सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्थित खुटिया खोलाको बिचमा फसेको अवस्थामा दुई जनाको सशस्त्र प्रहरीले कात्तिक १ गते सकुशल उद्धार गरेको छ ।

सोही नगरपालिका ९ बस्ने ४५ वर्षीय मान बहादुर थापा र ४२ वर्षीया रेणु थापा उक्त खोलामा ढुङ्गागिट्टी संकलन गर्ने क्रममा खोलाको बिचमा फसेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको सकुशल उद्धार गरेको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ९ : ०७ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका