जापान र अष्ट्रेलियामा कोरोना नियन्त्रणमा लगाइएका प्रतिबन्धहरू धमाधम हटाइँदै « Khabarhub

जापान र अष्ट्रेलियामा कोरोना नियन्त्रणमा लगाइएका प्रतिबन्धहरू धमाधम हटाइँदै


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरसको महामारीका कारण लकडाउन र विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गर्दै आएका देशहरूले ती व्यवस्थाहरू विस्तारै हटाउन थालेका छन् ।

केही समय अगाडि मात्रै लकडाउन हटाएका जापान र अष्ट्रेलियाले अन्य कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू पनि हटाइएको घोषणा गरेका हुन् ।

ठूला सार्वजनिक कार्यक्रम तथा भीडभाड हुने गतिविधि गर्न सर्त राख्दै आएको जापानले अब धेरै सर्त हटाउने निर्णय शुक्रबार गरेको हो । विज्ञहरूको सुझावका आधारमा सरकारले जारी गरेको सूचनामा भोजभतेर गर्न पाइने उल्लेख गरिएको छ । तर, सहभागीहरूलाई खोप लगाएको वा नलगाएको बारेमा सोध्न र नलगाएको भए पछिल्लो पीसीआर रिपोर्ट माग्न भने पाइने छ ।

‘हामीले आम नागरिकलाई सम्भव भएसम्म सजिलो हुने हरेक कुरामा लचकता अपनाउँदै आएका छौँ, तर कोरोनाभाइरसको तेस्रो चरणको महामारी आउने खतरालाई पनि ध्यान दिनु परिरहेको छ’, मन्त्री डैशिरो यामागिवाले भने ।

उनले तेस्रो चरणको महामारी आउन नदिनका लागि सबै सतर्क भइरहनु पर्ने र मापदण्ड पालना गरिरहनु पर्नेमा पनि जोड दिए । त्यसैगरी ठूलो सङ्ख्यामा दर्शक सहभागी हुने खेलकुदहरूमा पनि सिट सङ्ख्याको आधा मात्रै सहभागी हुने व्यवस्था गर्न पनि जापान सरकारले अनुरोध गरेको छ ।

जापानका अझै पनि ७५ प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन् । खोप अभियान जारी रहेको र त्यसमा सहभागी हुन सबैलाई आह्वान गरिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

त्यसैगरी अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि सरकारले चरण चरणमा प्रतिबन्धात्मक व्यवस्थाहरूलाई खुकुलो पार्दै लगेको जानकारी दिए ।

देशका कतिपय ठाउँमा प्रतिबन्धात्मक व्यवस्थाहरूको विरुद्धमा प्रदर्शन भएकाले सरकारले आमनागरिकको जीवन रक्षा र महामारीको अवस्थालाई ध्यान दिएर खुकुलो बनाउँदै लगेको उहाँले जानकारी दिए ।

लामो समयदेखिको प्रतिबन्धात्मक व्यवस्थाका कारण निराश भएको भन्दै भिक्टोरिया राज्यमा स्थानीयले प्रतिबन्धहरूका विरुद्धमा प्रदर्शन गरेका थिए । सरकारले चाहना र रहरले भन्दा पनि डरलाग्दो अवस्थालाई मध्यनजर गर्दै प्रतिबन्धात्मक व्यवस्था लागू गरेको उनले स्पष्ट पारे ।

अष्ट्रेलियामा तेस्रो चरणको महामारीको खतरा धेरै रहेकाले अझै पनि पूर्णरूपमा खुल्ला गर्न नमिल्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ६ : ४१ बजे

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका

आगामी निर्वाचनमा म्याग्दीमा उज्यालो नेपाल पार्टीको समर्थन पुनलाई

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा