अमेरिकी सहायक विदेशमन्त्री लु स्वदेश फिर्ता « Khabarhub

अमेरिकी सहायक विदेशमन्त्री लु स्वदेश फिर्ता


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु स्वदेश फर्किएका छन् ।

तीन दिनको नेपाल भ्रमणमा बुधबार साँझ काठमाडौँ आएका लु शुक्रबार साँझ स्वदेश फर्किएका हुन् ।

सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नायब शिष्टाचार महापाल रेवतिरमण पौडेलले बिदाइ गरे ।

दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उनी नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरण गर्ने उद्देश्यले आएका थिए ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगै अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप वितरणको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अवलोकन गरेका थिए।

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ६ : ५५ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक