दशैँ बिदामा घर गएका शिक्षक नफर्किएपछि वडा अध्यक्षले लगाइदिए विद्यालयमा ताला « Khabarhub

दशैँ बिदामा घर गएका शिक्षक नफर्किएपछि वडा अध्यक्षले लगाइदिए विद्यालयमा ताला


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उदयपुर– कटारी नगरपालिका–१२ बसेरीस्थित जनमुखी माध्यामिक विद्यालयमा वडा अध्यक्षसहित अभिभावकहरूले गत आइतवार तालाबन्दी गरेका छन् । दशैँ, तिहार बिदामा घर गएका शिक्षकहरू नफर्किएपछि उनीहरूले विद्यालयमा ताला लगाइदिएका हुन् ।

कोरोना महामारीका कारण लामो समय बन्द रहेको विद्यालय दशैँअघि एक साता खुलेको थियो । चाडबाड सकिएर विद्यालय खुलिसक्दा पनि शिक्षक कर्मचारी नआएपछि बाध्य भएर ताला लगाएको अभिभावकहरूले बताएका छन् ।

चालु शैक्षिकसत्र असारबाट सुरू भए पनि विद्यार्थीहरूले वैशाखयता पढ्न पाएका छैनन् । लामो बिदापछि बिद्यालय खुले पनि शिक्षक नआएपछि बाध्य भएर बिद्यालयमा ताला लगाएको कटारी नगरपालिका–१२ का वडाध्यक्ष चन्द्रदीप पौडेलले जानकारी दिए । २०१७ सालमा बसेरीमा स्थापना भएको जनमुखी माध्यामिक विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुन्छ ।

दशैँ तिहारको बिदापछि बिद्यालयका प्रधानअध्यापक तारणीप्रसाद चौधरीसहित नौ जना शिक्षक कर्मचारी आएका छैनन् । विद्यालयमा १६ जना शिक्षक कर्मचारी कार्यरत छन् । आधा भन्दा बढी शिक्षक नआएपछि बाध्य भएर तालाबन्दी गरेको वडाध्यक्ष पौडेलले बताए । विद्यालयमा अध्यायनरत विद्यार्थीको भविष्य बिग्रेएको भन्दै तालाबन्दी गरेको हो ।
विद्यालय सुधारका लागि बारम्बार छलफल गर्ने गरिएको र शैक्षिक गतिविधिलाई सुधार्न नगरपालिकासहित बसेर विभिन्न निर्णय गरे पनि प्रधानाध्यापक चौधरीले कार्यान्वयन नगरेको अभिभावकहरूको गुनासो छ । तालाबन्दीपछि विद्यालयमा अध्यायनरत करिब पाँच सय विद्यार्थी अन्योलमा परेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १२ : ३९ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई