एमाले महोत्तरीका इन्चार्जले माहाधिवेशन प्रतिनिधिमा आफुखुसी नाम पठाएको आरोप « Khabarhub

एमाले महोत्तरीका इन्चार्जले माहाधिवेशन प्रतिनिधिमा आफुखुसी नाम पठाएको आरोप


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा एमाले महोत्तरीको माहाअधिवेसन प्रतिनिधि चयन अझै निश्कर्षमा पुग्न सकेको छैन । अन्य जिल्लामा प्रतिनिधिको टुङ्गो लागि सक्दा पनि महोत्तरीमा भने माहाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षीहरूबीच विवाद लम्बिदै गएको छ ।

यसअघि एमालेको एक पक्षले प्रतिनिधि छनोट सर्वसम्मत भएको भन्दै प्रदेशमा नाम पठाइसकेको छ । तर, अर्को पक्षले भने असन्तुष्ट जनाउँदै आएको छ । महोत्तरीमा एमालेका १७ हजार सात सय सदस्य छन् । चार वटै क्षेत्रबाट सदस्य संख्याको आधारमा ३० जनासम्म प्रतिनिधि चयन गर्नु पर्ने एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीको भनाइ छ ।

यता, नेकपा एमाले प्रदेश इन्चार्ज रघुवीर माहासेठले प्रतिनिधि चयनमा कुनै विवाद नरहेको दाबी गरेका छन् । उनले महोत्तरीको पनि सर्वसम्मत नाम आइसकेको जिकिर गरे । तर, एक पक्षीय ढंगले आफुखुसी नाम राखेर प्रदेशमा पठाएको अर्को पक्षको आरोप छ ।

महाअधिवेशन नजिकिँदै गर्दा महोत्तरीमा के गर्ने भन्ने अन्यौल बढेको छ । इन्चार्ज माहासेठले यदि विवाद भएको भए पुनरावोलन गर्न सकिने पनि बताए । ‘हामी पार्टीको विधानअनुसार निर्वाचन आयोग गठन गरेर पनि अगाडि बढ्न सक्छौं,’ उनले भने । नेकपा एमालेले २७ कातिकभित्र देशैभरीबाट माहाअधिवेशन प्रतिनिधि चयन गरिसक्न निर्देशन दिएको थियो ।

– न्यूज कारखानाबाट

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : ३९ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।