नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका बोगटीलाई | Khabarhub Khabarhub

नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका बोगटीलाई


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– सातौँ नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी (एपीएफ) का किरणसिंह बोगर्टीले जितेका छन् । उनले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर म्याराथन पूरा गरि नेपालगन्ज म्याराथनको उपाधि हात पारेका हुन् ।

यसैगरि, ४२ किलोमिटर म्याराथनमा २ घण्टा ३३ मिनेट २८ सेकेण्ड समय खर्चेर त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावत दोस्रो र सशस्त्र प्रहरीका सन्तोष विक्रम विष्ट २ घण्टा ३३ मिनेट ३४ सेकेण्ड लगाएर तेश्रो स्थान हात पारेका हुन् ।

हाफ म्याराथन २१ किलोमिटरमा धादिङकी सन्तोषी श्रेष्ठले १ घण्टा १८ मिनेट ४८ सेकेण्डमा पार गरि प्रथम भएकी छन् । यसैगरि, सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले १ घण्टा १९ मिनेट १८ सेकेण्ड समय लगाएर दोस्रो भएकी छन् भने सुर्खेतकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सेकेण्ड लगाएर तेस्रो स्थान हात पार्न सफल भएकी छन् ।

४२ किलोमिटर म्याराथनका विजेताहरूले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित ट्रफी र पदक प्राप्त गरेका छन् भने २१ किलोमिटर म्याराथनका विजेताहरूले ५१ हजार, २५ र १५ हजार नगदसहित ट्रफी र पदक प्राप्त गरेका छन् ।
विजेताहरूलाई यूवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नायक राजेश हमाल, राष्ट्रिय धावक हरिबहादुर रोकाय, विश्व साईकलयात्री पुष्कर शाह, दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाछेडले पुरस्कार वितरण गरेका थिए ।

क्रियटिभ ह्याण्ड्सले आयोजना गरेको सासौँ नेपालगन्ज म्याराथनको ४२ किलोमिटर म्याराथनमा ४९ पुरुषले भाग लिएका थिए भने २१ किलोमिटर म्याराथनमा ३२ जना महिला सहभागी थिए ।

यसैगरि, १० किलोमिटर पुरुषमा ९७, ५ किलोमिटर ब्वाइज ५ सय ३४, ३ किलोमिटर गर्ल २ सय ८४, २ किलोमिटर कर्पोरेट ४७, किड्स २ सय ५१ र ह्वील चियर १४ गरि ११ सय ७० जनाले सासौँ नेपालगन्ज म्याराथनमा सहभागिता जनाएको आयोजक क्रियटिभ हेण्डसका टिएस ठकुरीले जानकारी दिए ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेना कै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : ४० बजे

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक