सरकारका सकारात्मक कामको प्रचार गरिदिनुस्ः अर्थमन्त्री « Khabarhub

सरकारका सकारात्मक कामको प्रचार गरिदिनुस्ः अर्थमन्त्री


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक काम कारवाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध सङ्घ, सङ्गठनले जोड दिनुपर्ने उनको भनाइ छ । प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिको अधिवशेनको उद्घाटन गर्दै मन्त्री शर्माले ‘सत्य के हो ? त्यसलाई स्थापित गर्न अनुरोध गरे ।

अर्थमन्त्री शर्माले भने, “जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् ।”

उनले सत्य स्थापित गर्दा त्यहाँ कुनकुन पात्र जोडिन आइपुग्छन्, त्यसतर्फ ध्यान नदिन अनुरोध पनि गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ६ : १० बजे

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक