रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई « Khabarhub

रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– प्रजातान्त्रिक योद्धा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा स्थापना गरिएको ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार २०७८’ इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ ।

दुलाल परिवारसँगको सहकार्यमा नेपाल प्रेस युनियन इलाम शाखाले स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा २० हजार रुपैयाँ राशिको पुरस्कार स्थापना गरेको थियो । शनिबार इलाममा एक समारोह आयोजना गरेर भट्टराईलाई २० हजार रुपैयाँ राशिको पुरस्कार प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदान गरे ।

करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील भट्टराई हाल नेपाल टेलिभिजनको संवाददाताको रूपमा कार्यरत छन् । यस अघि उनी सन्दकपुर दैनिक, नेपालबाणी एफएम, राष्ट्रिय समाचार समितिलगायतका सञ्चार माध्यममा कार्यरत थिए ।

इलाम जिल्लामा प्रजातान्त्रिक विचारधारा स्थापित गराउन क्रियाशील रहेर दुलाल समाजसेवामा समेत कहलिएका व्यक्ति हुन् । समाजसेवामा अग्रसर रहेका दुलाललाई ‘जिल्ला बा’ को उपनामले समेत चिनिने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

समाज विकासमा दुलालले पुर्‍याएको योगदानलाई जीवन्त राख्नको लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रेस युनियनका केन्द्रीय सदस्य तथा उनका नाति माधव प्रसाद चम्लागाईंले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : ०० बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन