अष्ट्रेलियाका सहरमा ऋषिराजको ‘चुरीफुरी’ « Khabarhub

अष्ट्रेलियाका सहरमा ऋषिराजको ‘चुरीफुरी’


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक ऋषिराज आचार्यको फिल्म ‘चुरीफुरी’ अष्ट्रेलियाका सहरमा प्रदर्शन हुने भएको छ । आगामी शुक्रबारबाट नेपालमा प्रदर्शन हुन लागेको कमेडी जनराको यो फिल्मलाई अष्ट्रेलियामा बेलेक ब्रोस इन्टरटेन्मेन्टले प्रदर्शन अधिकार खरिद गरेपछि ती सहरमा प्रदर्शनको बाटो खुलेको हो ।

फिल्ममा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा),पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे), अभिषेक श्रेष्ठ, सोन बज्राचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसीप्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय छ ।

निर्देशक ऋषिराजकै लेखन रहेको फिल्ममा राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन, दीपक शर्माको संगीत, भीमफेदी गाइजको कोरियोग्राफी छ । निर्देशक आचार्यका अनुसार फिल्म अष्ट्रेलियालगतै अमेरिका, कतार, जापानलगायतका देशमा पनि रिलिज हुँदेछ ।

डिसिएनले वितरण गर्ने फिल्ममा निर्देशक आचार्यसँगै रिना ढकाल(भण्डारी) निर्माता छन् भने सह–निर्मातामा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी छन् ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १२ : २१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको