पाकिस्तानी प्रधानमन्त्रीको अपिल : अफगानिस्तानलाई सहयोग गरौँ « Khabarhub

पाकिस्तानी प्रधानमन्त्रीको अपिल : अफगानिस्तानलाई सहयोग गरौँ


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न अपिल गरेका छन् ।

उनले भनेका छन् ‘यदि अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसक्ने हो भने त्यहाँ मानवीय संकट पैदा हुनेछ ।‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन् ।

उनले अहिले पनि अफगानिस्तानमा ठूलो संकट परेको र यसलाई समयमै समाधानको उपाय नखोज्ने हो भने समस्या झनै बढ्नेतर्फ सचेत गराएका छन्।

गएको अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसंख्या गरिबीमा रहेको र त्यस समयमै त्यहाँका करिब ७५ प्रतिशत बजेट बैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उनले आगामी दिनहरु अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने जनाएका छन्।

उनले हाल तालिबान शासन सुरु भएपछि त्यहाँको अवस्था झन् नाजुक बन्दै गएको र वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै सहयोगका लगि आग्रह गरेका छन्।

उनले वैदेशिक सहायताका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराए । उनले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले सहयोग गर्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १२ : २२ बजे

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा

विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राखौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा