एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित « Khabarhub

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अर्को सूचनाजारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

सोमबार बसेको बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर बिरोध गरेका थिए । बैठकमा राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले आफुहरुको मागका बिषयमा अझै पनि सुनुवाई नहुनु दुःखद् भएको बताए।

सांसदहरुलाई कारबाही गर्नका लागि उठाएका विषय यथावत नै रहेकाले संसद चल्न नसक्ने उनको भनाइ थियो । उनले यसअघि भ्रष्टाचार भयो भन्नेहरु अहिले बोल्न नसकेको भन्दै एमाले नेतृत्वको सरकारलाई भ्रष्टाचारको मिथ्या आरोप लगाएको पुष्टि भएको तर्क गरे। दाहालले सत्तापक्षले प्रतिपक्षीसँग बार्ता गर्न नचाहेको बताए ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि आग्रह गरेका थिए । देशको बारेमा, विकासको बारेमा, समग्र राष्ट्रको अर्थतन्त्रको बारेमा छलफल गर्न उनले आग्रह गर्दा पनि नमानेपछि अध्यक्ष तिमिल्सिनाले कार्यसूचीमा रहेका बिषयलाई हटाई अर्को सूचना जारी नभएसम्मका लािग बैठक स्थगित गरे।

माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा निरन्तर अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  २ : ५० बजे

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक

आमाले न्याय खोज्दा खोसिएको बाल अधिकार !

काठमाडौं– असारे झरीमा सोमबार सिंहदरबारको मुख्य गेटअगाडि निहारिका राजपूत न्यायको

संसद्‍बाट बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदन

काठमाडौं– प्रतिनिधिसभाले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि,

विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति एमालेको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- प्रतिपक्षी दल नेकपा (एमाले)ले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै विद्यार्थी सडकमा (तस्बिरहरू)

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री