एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित | Khabarhub Khabarhub

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अर्को सूचनाजारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

सोमबार बसेको बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर बिरोध गरेका थिए । बैठकमा राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले आफुहरुको मागका बिषयमा अझै पनि सुनुवाई नहुनु दुःखद् भएको बताए।

सांसदहरुलाई कारबाही गर्नका लागि उठाएका विषय यथावत नै रहेकाले संसद चल्न नसक्ने उनको भनाइ थियो । उनले यसअघि भ्रष्टाचार भयो भन्नेहरु अहिले बोल्न नसकेको भन्दै एमाले नेतृत्वको सरकारलाई भ्रष्टाचारको मिथ्या आरोप लगाएको पुष्टि भएको तर्क गरे। दाहालले सत्तापक्षले प्रतिपक्षीसँग बार्ता गर्न नचाहेको बताए ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि आग्रह गरेका थिए । देशको बारेमा, विकासको बारेमा, समग्र राष्ट्रको अर्थतन्त्रको बारेमा छलफल गर्न उनले आग्रह गर्दा पनि नमानेपछि अध्यक्ष तिमिल्सिनाले कार्यसूचीमा रहेका बिषयलाई हटाई अर्को सूचना जारी नभएसम्मका लािग बैठक स्थगित गरे।

माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा निरन्तर अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  २ : ५० बजे

शुक्लाफाँटा आरक्ष विस्थापित १३ दिनदेखि रिले अनशनमा

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन आरक्ष) विस्तारका क्रममा विस्थापित भएका

फेवाताल संरक्षणमा सरकारले ध्यान दिइरहेको छ : मुख्यमन्त्री पाण्डे

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय आकर्षणको केन्द्रका रूपमा

हिजबुल्लाहलाई निःशस्त्र गर्ने प्रतिबद्धतापछि अमेरिकी दूतले इजरायलसँग युद्धविरामबारे छलफल गर्ने

बेरुत- लेबनानले हिजबुल्लाहलाई निःशस्त्र बनाउने अमेरिकी समर्थित योजनालाई समर्थन गरेपछि

‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका