कुवेतमा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस « Khabarhub

कुवेतमा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा पनि दुई जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भएको छ ।

बेलायतबाट आएका कुवेतका दुई महिलामा पीसीआर परीक्षण गर्दा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टी भएको कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्ला अल-सनादले बताए  ।

ती दुई महिलाले बेलायतमा पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखाएको तर, कुवेत एयरपोर्टमा परीक्षण गर्दा उनीहरुमा नयाँ प्रजातिको संक्रमण देखा परेको मन्त्रालयका प्रवक्ता अल-सनादलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

नयाँ प्रजातिको संक्रमण देखिएसँगै कुवेतले कडा स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै विशेष गरी मास्क लगाउने, हात धुने र भेलाबाट टाढा रहन अनुरोध गरेको छ ।

यद्यपि कुवेतले विगत एक महिना अघिदेखि फाइजर-बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाबिरुद्धको खोप दिइरहेको छ ।  त्यहाँ नेपालीसहित आप्रवासी श्रमिकहरुले खोप निःशुल्क रुपमा प्राप्त गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म कुवेतमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५९ हजार २६४ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या १ लाख ५२ हजार ४२० पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ९५१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : २२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु