एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस « Khabarhub

एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि मङ्गलबार बोनस योजना ल्याएको छ। यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरवी डाटा बोनस पाउने कम्पनीले जनाएको छ।

एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो। सिम अपग्रेड गर्न एनसेलका ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक बिक्रेतामार्फत आफ्नो सिम कार्ड सजिलै विना कुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्छन्।

यो योजना अन्तर्गतको बोनस फोरजी डाटा सात दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ।

फोरजीमा सिम अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डाटा प्याक खरिदमा बोनस डाटा, राम्रो डाटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदि रहेका छन्।

फोरजी सेवा प्रयोगका लागि फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ।

आफूले प्रयोग गरेको सिम फोरजी हो कि होइन भनेर (३२४) डायल गरी वा अङ्ग्रेजीमा अक्षर ठूलो ‘क्यू’ लेखि ३२४ मा एसएमएस पठाइ थाहा पाउन सकिन्छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : ३२ बजे

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी