मोटरसाइकलमा सवार दुई जनाको मृत्यु « Khabarhub

मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको खडक नगरपालिका–११ बनौलीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हुलाकी राजमार्गस्थित सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१–प ६१४६ नंको मोटरसाइकल आज दुर्घटना हुँदा खडक–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

शिवेन्द्र मोटरसाइकल चालक हुन् भने अरबिन्द बीचमा सवार थिए । दुवै शव परीक्षणका लागि लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

मोटरसाइकल पछाडि सवार सोही ठाउँका २१ वर्षीय सुनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागी उपचारार्थ छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १ : २५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग