सफलताका केही सुत्र, हेर्नुहोस् र मनन गर्नुहोस् « Khabarhub

सफलताका केही सुत्र, हेर्नुहोस् र मनन गर्नुहोस्


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अधिकांश मानिसहरु आफ्नो सबै समय,उमेर, उर्जा, लगानी खर्चिँदा पनि सफल हुँदैनन् । तर केहि मानिस निश्चित समय कडा परिश्रम गरेपछि सुखी, खुशी र सफल हुन्छन् ।

यहाँ सफलताका सुत्र प्रस्तुत गरिएको छ ।

आफैँलाई सोध्नुहोस् : सफलताको स्वाद चाख्ने नै हो भने पहिलो नम्बरमा आफ्नो मनलाई सोध्नुहोस् । विचारहरुबीच छिनोफानो गराउनुहोस् । एउटा स्पष्ट विचार तयार पार्नुहोस् ।

लक्ष्य निर्धारण : आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्ध भएर लाग्नुहोस् । बाधा अड्चनले तपाईलाई हललाउनै नसकोस् त्यसरी दृढ बन्नुहोस् ।यो कुरा बुझ्नुहोस् कि ”लक्ष्य भनेको मितिसहितको सपना हो।”

आफैँलाई जित्नु : डर, त्रास र भयमा नअल्मलिनुहोस्, यसलाई जितेर अघि बढ्नुहोस् । आफूलाई जित्नुभयो भने संसार जित्नसक्नुहुन्छ ।

धैर्यता : कायम राख्नुहोस् र रिसलाई वशमा लिनुहोस् ।

निरन्तरता : कामलाई निरन्तरता दिइरहनुहोस् एक रात मै सफल हुन सकिदैँन भन्ने तथ्य बुझ्नुहोस् लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई मनन गर्नुहोस् ।

‘गफले भात पाक्दैन’ : नेपालीमा एउटा प्रचलित भनाई नै छ गफल भात पाक्दैन । हो, सफल बन्ने हो भने गफ चुटेर मात्रै हुँदैन । रातैदिन योजना बनाएर मात्रै हुँदैन । चीनका धनाढ्य ज्याक मा ले भनेका छन् धेरै सोचेर र योजना बनाएर मात्रै नबस्नुहोस् । कुनै काम गर्नुछ भने त्यसलाई तुरुन्तै सम्पन्न गर्नुहोस् । कार्यान्वयन पाटोमा लगिहाल्नुहोस्

खुल्ला सोँच उदारता : सधैँ खुल्ला सोच राख्नुहोस् । उदार जीवन जिउनुहोस् । मल्टिपल विजनेसबारे सोच्नुहोस् ।

समर्पण र त्याग : त्याग गर्न सिक्नुहोस् त्यसैले केही ठूलो कुरा पाउन स – साना कुरा गुमाउन पनि जान्नुहोस् ।

वातावरण कस्तो छ : खराब आनीबानी, वातावरण र साथीसंगतबाट टाढा बस्नुहोस् ।

आफैँलाई जाँच : आफू हिँडेको बाटो सहि छ छैन निक्र्यौल गर्नुहोस्।

मितव्ययीता : आफूसँग भएको पैसा सम्पत्ति असल कर्मको लागि खर्चनुहोस् । र सधै सही ठाउँमा मात्र प्रयोग
गर्नुहोस् ।

सकारात्मक सोच : सधैँ सकारात्मक सोच कायम राख्नुहोस् ‘म सफल बन्दिन, यो काम गर्न सक्दिन, म मा खुबी क्षमता र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने’ भावनालाई अहिल्यै त्याग्नुहोस् । सकारात्मक सोच नै सफल जीवनको पहिलो मन्त्र हो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १२ : २५ बजे

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख