संसदीय दलका नेता र सचेतकको सुविधा मोह « Khabarhub

संसदीय दलका नेता र सचेतकको सुविधा मोह

जिम्मेवारीबाट हटे पनि लिइँदैछन दोहोरो सुविधा


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी नेपाल (नेकपा) का प्रचण्ड–नेपाल समुहले पुस दोस्रो सत्ता नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता गराए ।

पार्टीका सचेतक बेची लुंगेलीसमक्ष दर्ता भएको प्रस्तावले २१ पुसमा मण्डलमाथि अविश्वास लगाएर प्रचण्ड पक्षधर शत्रुधन महतोलाई छनौट गरे । संसदीय दलको नेताबाट हटेको एक सत्ताभित्र उपभोग गर्ने सेवासुविधा लिन नपाउने कानुनी व्यवस्था छ । तर, नेता मण्डलले हाल सम्म प्रदेश सभा सचिवालयले उपलब्ध गराउँदै आएको सेवासुविधा उपभोग गर्दै आएको पाइएको छ ।

उनले सचिवालयमा गाडीसमेत नबुझाएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । यस्तै, तत्कालिन राजपा र समाजवादी पार्टी एकता भएको छ । तत्कालीन समाजवादी पार्टीबाट मुख्यमन्त्री लालबाबु राउत र राष्ट्रिय जनता पार्टीबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल दलका नेता छन् भने शैलेन्द्र यादव र परमेश्वर साह दुई पार्टीका प्रमुख सचेतक हुन् ।

राजपा र समाजवादी पार्टीका दलका नेता र सचेतकले पनि पार्टी एकीकरण भए पनि सेवासुविधा लिइरहेका छन् । आन्तरिक विवादको नाममा यो सुविधा लिइरहेका बुझिएको छ । दुबै दलका नेता र प्रमुख सचेतकले राज्यमन्त्री सरहको सचिवालय खर्च, अतिथि सत्कार, संचार, स्वकीय सचिव, गाडी, इन्धनलगायतका सुविधा उपभोग गर्दै आएका छन् । प्रदेशसभाले बनाएको पदाधिकारी तथा सदस्यले पाउने सुविधिा सम्बन्धि विधेयकमा दलका नेताको मासिक ५६ हजार ४ सय ९० र प्रमुख सचेतकको ५३ हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ ।

आवास सुविधाबापत दलको नेतालाई १८ हजार र सचेतकलाई १६ हजार रुपैयाँ तोकिएको छ । दलका नेतालाई मासिक निजी सचिवालयबापत २ हजार २ सय, इन्धन २५ सय लिटर, बिजुली २ हजार, दैनिक भ्रमण भत्ता २५ सय, अतिथि सत्कारवापत १० हजार रुपैयाँ तोकेको छ ।

प्रमुख सचेतकलाई निजी सचिवालयबापत २ हजार, सवारी इन्धन २ सय लिटर, बिजुली खानेपानी र दैनिक भत्ता २५ सय रुपैयाँ दिँदै आएको छ ।

यस प्रकारको सुविधा मुख्यमन्त्री र मन्त्रीले नपाएको रञ्जितले दावी गरे । दोहोरो पदमा बसेको व्यक्तिले कुनै एक पदको मात्र सुविधा पाउने भएकाले मन्त्री र मुख्यमन्त्रीले नपाएको तर्क गरे ।

निर्वाचन आयोगले २७ कात्तिकमा मात्र एकीकरणबारे प्रदेशसभालाई पत्राचार गरेकाले दुवै पार्टीका पदाधिकारीलाई सेवा सुविधा तथा पारिश्रमिक भुक्तानी दिँदै आएको उनको भनाइ छ । दुवै दललाई पत्राचार गरिसकेको र नेकपाका पूर्वसंसदीय दलका नेता मण्डललाई पत्राचार गर्ने तयारी गरिरहेको उनले बताए ।

‘निर्वाचन आयोगको पत्र पाउनासाथ हामीले दुवै दललाई पत्राचार गरेका छौँ । पत्र बुझेको सात दिनभित्र उहाँहरूले गाडी बुझाउनुपर्ने हुन्छ तर अझै बुझाइसक्नुभएको छैन,’ यादवले भने, ‘पत्राचारको मिति ३० असोज लेखिए पनि ढिलो गरी पत्र प्राप्त भएको छ । निर्वाचन आयोगबाट प्राप्त भएको पत्र हामीले अब पदाधिकारीलाई पेस गर्छौँ । सभामुख वा व्यवस्थापन समितिले यसबारे निर्णय गर्नेछ ।’

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ३ : १५ बजे

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको