संसदीय दलका नेता र सचेतकको सुविधा मोह « Khabarhub

संसदीय दलका नेता र सचेतकको सुविधा मोह

जिम्मेवारीबाट हटे पनि लिइँदैछन दोहोरो सुविधा


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी नेपाल (नेकपा) का प्रचण्ड–नेपाल समुहले पुस दोस्रो सत्ता नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता गराए ।

पार्टीका सचेतक बेची लुंगेलीसमक्ष दर्ता भएको प्रस्तावले २१ पुसमा मण्डलमाथि अविश्वास लगाएर प्रचण्ड पक्षधर शत्रुधन महतोलाई छनौट गरे । संसदीय दलको नेताबाट हटेको एक सत्ताभित्र उपभोग गर्ने सेवासुविधा लिन नपाउने कानुनी व्यवस्था छ । तर, नेता मण्डलले हाल सम्म प्रदेश सभा सचिवालयले उपलब्ध गराउँदै आएको सेवासुविधा उपभोग गर्दै आएको पाइएको छ ।

उनले सचिवालयमा गाडीसमेत नबुझाएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । यस्तै, तत्कालिन राजपा र समाजवादी पार्टी एकता भएको छ । तत्कालीन समाजवादी पार्टीबाट मुख्यमन्त्री लालबाबु राउत र राष्ट्रिय जनता पार्टीबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल दलका नेता छन् भने शैलेन्द्र यादव र परमेश्वर साह दुई पार्टीका प्रमुख सचेतक हुन् ।

राजपा र समाजवादी पार्टीका दलका नेता र सचेतकले पनि पार्टी एकीकरण भए पनि सेवासुविधा लिइरहेका छन् । आन्तरिक विवादको नाममा यो सुविधा लिइरहेका बुझिएको छ । दुबै दलका नेता र प्रमुख सचेतकले राज्यमन्त्री सरहको सचिवालय खर्च, अतिथि सत्कार, संचार, स्वकीय सचिव, गाडी, इन्धनलगायतका सुविधा उपभोग गर्दै आएका छन् । प्रदेशसभाले बनाएको पदाधिकारी तथा सदस्यले पाउने सुविधिा सम्बन्धि विधेयकमा दलका नेताको मासिक ५६ हजार ४ सय ९० र प्रमुख सचेतकको ५३ हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ ।

आवास सुविधाबापत दलको नेतालाई १८ हजार र सचेतकलाई १६ हजार रुपैयाँ तोकिएको छ । दलका नेतालाई मासिक निजी सचिवालयबापत २ हजार २ सय, इन्धन २५ सय लिटर, बिजुली २ हजार, दैनिक भ्रमण भत्ता २५ सय, अतिथि सत्कारवापत १० हजार रुपैयाँ तोकेको छ ।

प्रमुख सचेतकलाई निजी सचिवालयबापत २ हजार, सवारी इन्धन २ सय लिटर, बिजुली खानेपानी र दैनिक भत्ता २५ सय रुपैयाँ दिँदै आएको छ ।

यस प्रकारको सुविधा मुख्यमन्त्री र मन्त्रीले नपाएको रञ्जितले दावी गरे । दोहोरो पदमा बसेको व्यक्तिले कुनै एक पदको मात्र सुविधा पाउने भएकाले मन्त्री र मुख्यमन्त्रीले नपाएको तर्क गरे ।

निर्वाचन आयोगले २७ कात्तिकमा मात्र एकीकरणबारे प्रदेशसभालाई पत्राचार गरेकाले दुवै पार्टीका पदाधिकारीलाई सेवा सुविधा तथा पारिश्रमिक भुक्तानी दिँदै आएको उनको भनाइ छ । दुवै दललाई पत्राचार गरिसकेको र नेकपाका पूर्वसंसदीय दलका नेता मण्डललाई पत्राचार गर्ने तयारी गरिरहेको उनले बताए ।

‘निर्वाचन आयोगको पत्र पाउनासाथ हामीले दुवै दललाई पत्राचार गरेका छौँ । पत्र बुझेको सात दिनभित्र उहाँहरूले गाडी बुझाउनुपर्ने हुन्छ तर अझै बुझाइसक्नुभएको छैन,’ यादवले भने, ‘पत्राचारको मिति ३० असोज लेखिए पनि ढिलो गरी पत्र प्राप्त भएको छ । निर्वाचन आयोगबाट प्राप्त भएको पत्र हामीले अब पदाधिकारीलाई पेस गर्छौँ । सभामुख वा व्यवस्थापन समितिले यसबारे निर्णय गर्नेछ ।’

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ३ : १५ बजे

देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ : झलनाथ खनाल

काँक्रेविहार– नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख

कोलकाताको रंगशालामा मेसी १० मिनेट बस्न सकेनन्, एक झलक हेर्न नपाएका दर्शकको तोडफोड र उपद्रो, मुख्यमन्त्रीले मागिन् माफी

नयाँदिल्ली- फुटबल लिजेन्ड लियोनेल मेसीको कोलकाता भ्रमण गम्भीर अव्यवस्थामा परिणत

दलहरूले नयाँ पुस्तासँग समझदारी गरेर अगाडि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई केन्द्रमा

जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेको

७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी