संसद विघटन मुद्दामाथिको बहस : इजलासले माग्यो राजपत्रमा प्रकाशित सूचना « Khabarhub

संसद विघटन मुद्दामाथिको बहस : इजलासले माग्यो राजपत्रमा प्रकाशित सूचना


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनको मुद्दामाथिको बहस जारी छ । बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएका छन्।

अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्द‌ै बहस गरेका थिए।

उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको छ।

नायब महान्यायाधीवक्ता पदम पाण्डेसँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजपत्रको सूचना उपलब्ध गराउन भनेका हुन्।

प्रकाशन नभएपछि त्यो अनाधिकृत हो भन्ने कुराको थप प्रमाण हो भन्ने अर्यालको तर्क थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ३ : ४४ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी