कोरोना संकटको अवस्थामा भारतले गरेको सहयोग सरहानीय : प्रधानमन्त्री (भिडियोसहित) | Khabarhub Khabarhub

कोरोना संकटको अवस्थामा भारतले गरेको सहयोग सरहानीय : प्रधानमन्त्री (भिडियोसहित)


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण गरेका हुन ।

भारतले यसअघि नै नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

सोही घोषणाअनुसार भारतले कोरोना खोपको १० लाख डोज बिहीबार नै काठमाडौं आएको हो ।

खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई धन्यवाद दिए ।

हेरौँ भिडियो

उनले कोरोना संकटको अवस्थामा भारतले गरेको सहयोग सरहानीय रहेको बताए ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल–भारत कोराना सहकार्य जारी रहने बताए ।

उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुदै जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप दिइने सरकारको तयारी छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ६ : ०४ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार