प्रधानमन्त्रीले ‘तस्कर’लाई नै वनमन्त्री बनाएको नेता रावलको आरोप  « Khabarhub

प्रधानमन्त्रीले ‘तस्कर’लाई नै वनमन्त्री बनाएको नेता रावलको आरोप 


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको हराभरा वन फँडानी गर्न ‘तस्कर’लाई नै वनमन्त्री बनाएको आरोप लगाएका छन् ।

कञ्चनपुर जिल्लाको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेटघाटमा उनले वनमन्त्री नै ‘तस्कर’ भएको आरोप लगाएका हुन ।

वनमन्त्री प्रेम आलेप्रति कटाक्ष गर्दै उनले वन तस्करीको मिसिल आदालतमा जीवितै रहेकाले पूर्वइतिहास खोज्ने डरले उनी कुप्रचारमा लागेका बताए।

‘वन मन्त्री आउँदा तस्कर आयो भन्दै निकै चर्चा हुने गरेको छ,’ उनले प्रधानमन्त्रीसँग प्रश्न गरे , ‘यस्ता तस्करलाई वनमन्त्री बनाएर गर्न खोजेको के हो ?’

प्रधानमन्त्री ओलीमा शक्ति र पदको दुरुपयोग गरी झुटको खेती गरिरहेको समेत नेता रावलको आरोप थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य खगराज भट्टले प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र शाहकै पथमा हिँड्न खोजिरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीलाई लक्षित गरेर उनले सिंहदरबारको निरङ्कुशता परास्त गर्न सिंगो पार्टी पंक्ति एकजुट हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : ०३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल