उपचारका लागि भारत जाँदै डा. बाबुराम भट्टराई « Khabarhub

उपचारका लागि भारत जाँदै डा. बाबुराम भट्टराई


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टींका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् ।

केही दिनयता बिरामी रहेका भट्टराई नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली जान लागेका हुन् ।

भट्टराईलाई पेटमा समस्या देखिएको छ । बिरामी भएपछि उनी काठमाडौंको निदान अस्पतालमा उपचारका लागि पुगेका थिए । उपचाररत डाक्टरले न्युरो इन्डाक्राइनको ट्युमर भएको हुनसक्ने आंशका गरेका छन् ।

दिल्लीमा उनको उपचार इन्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस अस्पतालमा गरिने जनाइएको छ । उनीसँग पत्नी हिसिला यमी र प्रेस संयोजक विश्वदीप पाण्डे पनि जाने भएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : १५ बजे

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला