त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो « Khabarhub

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा दुई वटा शव फेला परेको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार आइतबार सुरुङको भित्री भागमा खोजी गर्ने क्रममा दुई वटा शव फेला परेको हो। फेला परेका शवको पहिचान भने अहिलेसम्म हुन सकेको छैन ।

अधिकारीले सुरुङको भित्री भागबाट शव फेला परेको जानकारी दिएका छन्। सोही सुरुङबाट शनिबार एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो। उनलाई सुरुङभित्र करिब २२५ मिटरको दूरीबाट उद्धार गरिएको थियो ।

चिनियाँ नागरिकको जीवितै उद्धार भएपछि सुरुङमा अझै कोही फसेका छन् कि छैनन् भन्नेबारे खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। अहिले पनि सुरुङभित्र खोजी कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीले जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको छ ।

बाढी आएको आज १२औँ दिनमा अपर त्रिशूली–१ को सुरुङमा दुई शव फेला परेका हुन् । शव कसको हो भन्नेबारे पहिचान तथा थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ८ : ३९ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण