शाहरुखकी दिदीको दर्दनाक कथा « Khabarhub

शाहरुखकी दिदीको दर्दनाक कथा


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता शाहरुख खानको परिवारमा उनको श्रीमती र सन्तानलाई सबैले चिनेकै छन् ।

उनको परिवारको एक महत्वपूर्ण सदस्य छिन्, जो चर्चामा आउन चाहँदिनन् । यी महिला अरु कोही नभई शाहरुखकी दिदी शहनाज लाला रुख खान हुन् ।

हालैमात्र शहनाज मुम्बईको अलीबागमा अभिनेता शाहरुखका साथ भेटिइन् । शहनाजको जिन्दगी निकै उतारचढावपूर्ण छ । आफ्नो पिताको शव देखेपछि डिप्रेसनमा पुगेकी उनी हाल ६१ वर्षकी छिन् ।

शाहरुखको पिताको निधन सन् १९८१ मा क्यान्सरका कारण भएको थियो । तर शहनाजले आफ्नो पिताको निधनको खबर थाहा पाएकी थिइनन् । घर फर्किदा पिताको शव देखेपछि उनी बेहोस भइन् । यो घटनापछि उनलाई यति ठूलो चोट पर्यो कि उनी डिप्रेसनमा गइन् । यही डिप्रेसनका कारण उनी बिरामी भइरहन्छिन् ।

एक अन्तर्वार्तामा शाहरुखले शहनाजको दुःखबारे बोलेका छन् । ‘शहनाजलाई बुवाको निधनको यति ठूलो चोट लाग्यो कि उनले आफ्नो मानसिक सन्तुलन नै गुमाइन् । उनी दुई वर्षसम्म पनि सामान्य अवस्थामा फर्किइनन् । उनी रुने, चिच्याउने गर्दिन थिइन्, तर उनको अनुहारमा पिता गुमाएको भाव प्रष्ट देखिन्थ्यो’, शाहरुखले भनेका छन् ।

शाहरुखका अनुसार फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’को सुटिङको दौरान शहनाजको स्वास्थ्य बिग्रिएपछि उनलाई उपचारका लागि स्वीटजरल्याण्ड लगिएको थियो । शहनाज उमेरको हिसाबले शाहरुख भन्दा ६ जेठी छिन् ।

शाहरुख क्यामरा प्रेमी भए पनि शहनाज शाहरुख भन्दा उल्टो छिन् । उनी कुनै पार्टी वा सार्वजनिक कार्यक्रममा कमैमात्र देखिन्छिन् । शाहरुखको दिदी भएर पनि उनको जीवन सामान्य ढंगले नै चलेको छ ।

–एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ३ : ४५ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक