मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहायता सेवा सुरू « Khabarhub

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहायता सेवा सुरू


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले डिजिटलाइजेशनलाई प्रोत्साहन गर्न ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधाका लागि आफ्नो वेबसाइट मार्फत बैंकले सो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

ग्राहकले उक्त भर्चुअल सहायता सेवामार्फत छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ घण्टा लिन सक्नेछन् ।

आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको जनाएकाे छ ।

बैंकका अनुसार उक्त सेवा प्रयोगका लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाई वा बैंकको मासकट ‘मुक्तिभाई’ क्लिक गरी त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १२ : १६ बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई