नेकपा दाहाल-नेपाल समूहको प्रेस संगठन इन्चार्जको जिम्मेवारी नेता भट्टराईलाई « Khabarhub

नेकपा दाहाल-नेपाल समूहको प्रेस संगठन इन्चार्जको जिम्मेवारी नेता भट्टराईलाई


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा दाहाल–नेपाल समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्जमा चयन गरेको छ ।

पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि सो पदमा भट्टराईलाई जिम्मेवारी तोकिएको हो । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए ।

यस्तै महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिवमा राजेश राई चयन भएका छन् ।

१९ सदस्यीय केन्द्रीय कार्यालय पनि विस्तार गरिएको छ ।

केन्द्रीय कार्यालय सदस्यमा पूर्वएमालेबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् ।

पूर्वमाओवादीबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी छन् ।

केन्द्रीय कार्यालय प्रचण्ड र माधव नेपालका तर्फबाट ५०/५० प्रतिशतको अनुपातमा बनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ०३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित