झापामा एकैदिन पाँच ‘बीओपी’ उद्घाटन « Khabarhub

झापामा एकैदिन पाँच ‘बीओपी’ उद्घाटन


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) उद्घाटन गरिएको छ ।

पाँचवटै बीओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

मेचीनगर—१ स्थित तिरिङ, भद्रपुर–३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा स्थापना गरिएका बीओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो ।

यो सँगै जिल्लामा बीओपीको सङ्ख्या १७ पुगेको छ । एउटा बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको प्रहरी नायब महानिरीक्षक दाहालले बताए ।

यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौरीगञ्ज, घेरावारी कुञ्जिवारी भद्रपुर र पृथ्वीनगर गरी कूल १२ वटा सशस्त्र प्रहरीको बीओपी स्थापना गरी सकिएको छ ।

उनले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ वटा बीओपी स्थापना गर्ने सरकारको लक्ष्यअनुसार १७ वटा भइसकेको र बाँकी २० वटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको जानकारी दिए ।

नगरप्रमुख आचार्य र उपप्रमुख मीना उप्रेतीले चौकी स्थापना भएसँगै सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सीमाको सुरक्षा र अवैध चोरी तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनीले बीओपीमा आवश्यक पर्ने भौतिक तथा अन्य संरचना निर्माणमा नगरले आर्थिक सहयोग गर्ने बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाकोे १४४ दशमलव दुई किलोमिटर क्षेत्रफलमा भारतसँगको खुला सीमा रहेकाले हातहतियार, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक गतिविधि न्यूनीकरण हुने, सीमाको उचित रेखदेख र राष्ट्रिय सुरक्षालाई मजबुत पार्ने काममा बिओपीहरुको महत्वपूर्ण योगदान रहने बताए ।

सीमा सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले २०७६ मङ्सिर ३० गते नै देशभरिमा ११४ वटा बीओपी थप्ने निर्णय गरेको थियो ।

सोहीअनुरुप नै जिल्लामा कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर चन्द्रगढीका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : ११ बजे

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई

करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु

झापा – झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने

तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तातो दिन वा

वासिङ्टन सम्झौता अन्तिम मौका : लेबनानी राष्ट्रपति

बेरुत, लेबनान – वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन