अर्थमन्त्रीद्वारा सिद्धार्थ केवलकारको शिलान्यास « Khabarhub

अर्थमन्त्रीद्वारा सिद्धार्थ केवलकारको शिलान्यास


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– ऐतिहासिक, पुरातात्विक र पर्यटकीय बुटवल नगरीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालनमा आउने सिद्धार्थ केवलकारको आज शिलान्यास गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार सो केवलकारको शिलान्यास गरेका हुन । अर्थमन्त्री पौडेलले विकासका दृष्टिले रुपन्देहीलाई मुलुककै नमूना जिल्लाका रुपमा स्थापित गरिने बताए ।

उनले जिल्लालाई नमूना जिल्लाका रुपमा स्थापित गर्न सबैको साथ र सहयोग हुनुपर्नेसमेत बताए । उनले भने, “विकासका मुद्दामा सबै एकताबद्ध भएर उभिने सङ्कल्प गरौँ ।”

अर्थमन्त्री पौडेलले विकासको महत्वपूर्ण पाठशाला रुपन्देही बनेको भन्ने सन्देश यहाँ सञ्चालित ठूलाठूला आयोजनाहरूले दिएको पनि बताए । विकास सिक्न र पढ्नका लागि जानुपर्ने जिल्लाका रुपमा रुपन्देही स्थापित भइसकेको समेत उनले चर्चा गरे ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रको लगानीमा निर्माण हुने आयोजना राष्ट्रका गौरव रहेको उल्लेख गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट पर्याप्त सहयोग रहने बताए । उनले रुपन्देहीमा विकासका महत्वपूर्ण आयोजनाहरू निर्माणका क्रममा रहेको बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको र अब दोस्रो चरणको अत्याधुनिक विमानस्थलको काम शुरु हुने बताए ।

अर्थमन्त्री पौडेलले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पूरा गर्न सरकारले आवश्यक बजेटको समेत ब्यवस्था गरेको बताए । यस्तै बेलहिया बुटवल छ लेन सडक निर्माण सम्पन्नसँगै बुटवल राजमार्ग चौराहादेखि चिडियाफेदीसम्मको सडक विस्तारको काम शुरु भएको बताए ।

अर्थमन्त्री पौडेलले सिद्धबाबामा सुरुङ मार्ग निर्माणको प्रक्रियाका लागि केही साताभित्रै टेन्डर आह्वानको तयारीमा रहेको, बुटवल पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम अघि बढाइने जानकारी दिए । यस्तै बुटवल नारायणघाट राजमार्गको कामले तीव्रता पाएको र सरकारले बुटवल गोरुसिङ्गे राजमार्गको स्तरोन्नतिका लागि डिपिआर निर्माणका क्रममा रहेको जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले केवलकार निर्माण र सञ्चालनपछि भौतिक पूर्वाधारको विकाससँगसँगै आर्थिक गतिविधि पनि बढ्ने बताए । उक्त केवलकार रु करीब ८० करोडको लगानीमा निर्माण हुन गइरहेको र यसको निर्माण पश्चात बुटवलको पर्यटन व्यवसायलाई गति दिने विश्वास पर्यटन व्यवसायी तथा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालको छ ।

बुटवल तथा यस आसपासका व्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा हुने विश्वास गरिएको सिद्धार्थ केवलकार प्रालिका अध्यक्ष इं राजेन्द्रसिंह गुरुङले जानकारी गराए । यसमा २५ वटा गण्डोल हुने र दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने र एकतर्फीरुपमा जान वा आउन आठ मिनेटको समय लाग्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

यो केवलकार निर्माणका लागि भारतको कलकत्तामा रहेको कन्वेयर एन्ड रोप वे सर्भिसेजसँग सम्झौता भइसकेको छ । यो परियोजनामार्फत बुटवल टेक्निकल इन्स्टिच्युटले प्रविधि भित्र्याउँदै छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : ३३ बजे

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौं– भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन