बायर्न म्युनिखको सहज जितमा लेवान्डोस्कीको ह्याट्रिक « Khabarhub

बायर्न म्युनिखको सहज जितमा लेवान्डोस्कीको ह्याट्रिक


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोबर्टो लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले स्टुटगार्डलाई ४-० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा सर्जी जिनाब्रीले एक गोल गरे ।

खेलको १२औँ मिनेटमा अल्फन्सो डेभिसले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिए पनि स्टुटगार्डमाथि हावी भइरह्यो ।

जितसँगै शीर्ष स्थानमा रहेको बायर्नले २६ खेलमा ६१ अंक जोडेको छ ।स्टुटगार्ड ३६ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ४० बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा