आईपीएलमा दिल्लीको तेस्रो जित « Khabarhub

आईपीएलमा दिल्लीको तेस्रो जित


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिल्ली क्याटपिल्सले आईपीएल क्रिकेटमा तेस्रो जित निकालेको छ ।

चेन्नईमा मंगलबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाए । स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहे ।

मुम्बईका जस्प्रित बुम्राह, जयन्त यादव, राहुल चाहर र केइरन पोलार्डले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाए ।

जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ । मुम्बईको ४ खेलमा ४ अंक छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ६ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु