छोरासँग न्यूड फोटोसुट गर्दा ९० दिनको जेल सजाय « Khabarhub

छोरासँग न्यूड फोटोसुट गर्दा ९० दिनको जेल सजाय


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घाना–अफ्रिकी देश घानाकी अभिनेत्री रोसमोण्ड ब्राउनका लागि छोराको जन्मदिनमा न्यूड फोटोसुट गरेर सामाजिक सञ्जालमा शेयर गर्नु निकै महंगो साबित भएको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार अकुपम पोलो नामले समेत चिनिने यी अभिनेत्रीले छोराको जन्मदिनको अवसर पारेर छोरासँगै न्यूड फोटोसुट गराएकी थिइन् । जुन तस्वीरलाई उनले सामाजिक सञ्जालमा राखेकी थिइन् ।

३१ वर्षीया अकुपम पोलो एक एकल आमा हुन् । उनले गत वर्ष जून महिनामा आफ्नो छोराको सातौं जन्मदिनको दिन पारेर न्यूड फोटोसुट गराएकी थिइन् । जसमा उनी छोराको हात समाएर बसेकी छन् ।

यी तस्वीरलाई उनले सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । जुन तस्वीरका कारण सामाजिक सञ्जालमा तिब्र आलोचना भएको छ । उनको यो तस्वीर मामला अदालतसम्म पुगेको छ ।

राजधानी अकरास्थित एक अदालतले अभिनेत्रीको क्रियाकलापलाई गम्भीर मानेको छ । उनको यो क्रियाकलापलाई घरेलू हिंसाको श्रेणीमा राखेको छ । अदालतले उनको गतिविधिले कसैको गोपनियता र सम्मानमाथि नोक्सान पुर्‍याएको जनाएको छ ।

न्यायाधीश क्रिस्टियाना कैनले पोलोलाई ‘के तिमीले न्यूड फोटो पोस्ट गर्नु अघि आफ्नो छोरासँग अनुमति माग्यौं ? के तिमीले आफ्नो बच्चाको अधिकारको सम्मान गर्यौ ?’ भनेकी सोधेकी थिइन् ।

न्यायाधीश क्रिस्टियानाले पोलो एकल आमा भएकोले उनलाई जेल सजाय दिइँदा छोराको स्याहारसुसारमा समस्या आउने भए पनि पोलोलाई जेल सजाय अत्यावश्यक रहेको बताएकी छन् । त्यसका लागि उनलाई ९० दिनको जेल सजाय दिइनुपर्ने न्यायाधीश क्रिस्टियानाको तर्क छ ।

यो मामलामा अभिनेत्रीका वकिलले अदालतको निर्णयविरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने जनाएका छन् । अभिनेत्रीको वकिलले अभिनेत्रीलाई ९० दिनको जेल सजाय सुनाइनु धेरै भएको उल्लेख गरेका छन् ।

अमेरिकी र्‍याप स्टार कार्डी बीले अदालतको निर्णयप्रति आपत्ति जनाएकी छन् । ‘मैले कैयौं अमेरिकीले यस किसिमको फोटोसुट गरेको देखेको छु । यद्यपि म यसमा सहमत छैन । तर यसका लागि अकुपम पोलोलाई जुन सजाय सुनाइएको छ, त्यो धेरै बढी हो’, उनले लेखेकी छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : २० बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी