थिएटर र ओटीटीमा एकसाथ सलमानको ‘राधे’ « Khabarhub

थिएटर र ओटीटीमा एकसाथ सलमानको ‘राधे’


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना दोस्रो लहरले बलिउड पूर्ण रुपमा प्रभावित भएको छ । साना तथा ठूला फिल्मको रिलिज मिति सर्न थालेपछि निर्माताहरु निकै चिन्तित बनेका छन् ।

बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’लाई लिएर एक नयाँ समाचार सार्वजनिक भएको छ ।

एबीपीलाइभमा प्रकाशित समाचारअनुसार गत वर्ष कोरोना भाइरसको महामारीका कारण ईदमा रिलिज हुन नपाएको आफ्नो फिल्मलाई थिएटरमा रिलिज गर्नका लागि सलमानले नयाँ बाटो रोजेका छन् ।

अब यो फिल्म थिएटरसँगै ओटीटी प्लेटफर्म र सबै डीटीएच प्लेटफममा रिलिज हुनेछ । फिल्मको ओटीटी राइट्स जी५सँग छ । तर यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुनु अघि थिएटरमा रिलिज हुने सलमानले अडान लिँदै आएका थिए ।

फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’मा सलमानसँगै दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डालगायतको अभिनय छ । प्रभु देवा निर्देशित यो फिल्म ‘पे पर व्यू’ शैलीमा जीप्लेक्स र डीटीएच च्यानलमा एकसाथ स्ट्रिम गरिनेछ । जहाँ फिल्म हेर्नका लागि दर्शकले निश्चित रकम तिर्नुपर्नेछ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : १० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा