थिएटर र ओटीटीमा एकसाथ सलमानको ‘राधे’ « Khabarhub

थिएटर र ओटीटीमा एकसाथ सलमानको ‘राधे’


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना दोस्रो लहरले बलिउड पूर्ण रुपमा प्रभावित भएको छ । साना तथा ठूला फिल्मको रिलिज मिति सर्न थालेपछि निर्माताहरु निकै चिन्तित बनेका छन् ।

बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’लाई लिएर एक नयाँ समाचार सार्वजनिक भएको छ ।

एबीपीलाइभमा प्रकाशित समाचारअनुसार गत वर्ष कोरोना भाइरसको महामारीका कारण ईदमा रिलिज हुन नपाएको आफ्नो फिल्मलाई थिएटरमा रिलिज गर्नका लागि सलमानले नयाँ बाटो रोजेका छन् ।

अब यो फिल्म थिएटरसँगै ओटीटी प्लेटफर्म र सबै डीटीएच प्लेटफममा रिलिज हुनेछ । फिल्मको ओटीटी राइट्स जी५सँग छ । तर यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुनु अघि थिएटरमा रिलिज हुने सलमानले अडान लिँदै आएका थिए ।

फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’मा सलमानसँगै दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डालगायतको अभिनय छ । प्रभु देवा निर्देशित यो फिल्म ‘पे पर व्यू’ शैलीमा जीप्लेक्स र डीटीएच च्यानलमा एकसाथ स्ट्रिम गरिनेछ । जहाँ फिल्म हेर्नका लागि दर्शकले निश्चित रकम तिर्नुपर्नेछ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : १० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको