निर्माण व्यवसायी महासंघद्वारा ४१ बुँदे काठमाडौँ घोषणापत्र जारी | Khabarhub Khabarhub

निर्माण व्यवसायी महासंघद्वारा ४१ बुँदे काठमाडौँ घोषणापत्र जारी


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) ले ४१ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले आफ्नो २२ औं साधारणसभाले पारित गरेको ४१ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

महासंघले जारी गरेको घोषणापत्रमा सार्वजनिक खरिद ऐन, नियमावली संशोधनदेखि रुग्ण निर्माणाधीन आयोजनाहरुको निर्माण अवधि थप तथा कर छुटसम्मका मागहरु परेका छन् ।

कोभिड–१९ को संक्रमण र त्रासका बीच झण्डै ६ महिना लामो बन्दाबन्दी (लकडाउन) र त्यसपछिको विषम परिस्थितिका बाबजुद पनि निर्माण सम्पन्न हुन नसकेका आयोजनाहरुको समयावधि थप ६ महिना थपिदिन महासंघले सरकारसँग माग गरेको छ ।

त्यस्तै, सार्वजनिक खरिद ऐनको दफा १० (३) उपदफा (२) बमोजिम आधार उल्लेख गर्दा निर्माण व्यवसाय ऐन, २०५५ मा तोकिए बमोजिमको सीमालाई समयानुकूल बनाई सोही सीमाभित्र रही मात्र प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गर्नुपर्ने, स्वीकृत बोलपत्रदाता वा प्रस्तावदाता खरिद सम्झौता गर्न नआएमा धरौटी जफत गर्ने व्यवस्थालाई यथावत राखी अन्तर्राष्ट्रिय प्रचलनअनुसार कालोसूचीमा राख्ने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग व्यवसायीहरुले राखेका छन् ।

त्यस्तै, दुई अर्ब रुपैयाँसम्मको लागत अनुमान भएका निर्माण कार्यको खरिदमा ऐनको दफा १५ को अवस्थामा बाहेक राष्ट्रियस्तरको खुल्ला बोलपत्रको माध्यमद्वारा स्वदेशी बोलपत्रदाताहरु बीच मात्र प्रतिस्पर्धा गराई खरिद माग निर्माण व्यवसायीहरुले राखेका छन् ।

नयाँ ईजाजत–पत्र (लाइसेन्स) वितरण एकद्वार प्रणालीमा लैजानुपर्ने पर्ने माग राख्दै व्यवसायीहरुले ‘क’ वर्गका ठेकेदारका लागि रु ४० करोड बराबरको, ‘ख’ वर्गका लागि रु २० करोड बराबरको र ‘ग’ वर्गका लागि रु १० करोड बराबरको विभिन्न सार्वजनिक निर्माण कार्य आफैँले सम्झौता गरि सन्तोषजनक रुपले सम्पन्न गरेको हुनुपर्ने प्रावधान राख्न माग गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १० : ५९ बजे

५२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक

लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने

काठमाडौं – लामिन यामलले बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लगाउने

कर्णालीमा खाद्यान्न उत्पादनमा ह्रास, तरकारी र फलफूलमा वृद्धि

सुर्खेत- कर्णाली प्रदेशमा खाद्यान्न बालीको उत्पादनमा ह्रास आए पनि तरकारी

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्