ल्याबको बदमासीले मारमा परे वैदेशिक रोजगारीमा जाने कामदार (भिडियोसहित) « Khabarhub

ल्याबको बदमासीले मारमा परे वैदेशिक रोजगारीमा जाने कामदार (भिडियोसहित)


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना परीक्षणको रिपोर्ट नक्कली बनाउने ल्याबको बदमासीका कारण वैदेशिक रोजगारीमा जान लागेका कामदार मारमा परेका छन् ।

वैदेशिक रोजगारीमा जानका लागि गरेको पीसीआर परीक्षणको रिपोर्ट नक्कली भएको भन्दै प्रहरीले विमानस्थलबाट आज १२२ जना श्रमिकलाई फर्काइएपछि उनीहरुले आफूहरुको क्षतिपूर्ति कस्ले दिने भन्दै विलौना गरेका छन् ।

ल्याबको बदमासीले गर्दा आफूहरु वैदेशिक रोजगारीमा जान नपाएको उनीहरुको भनाइ छ ।

विमानस्थलबाट फर्काइएका मध्ये सुनसरी इनरुवाका एकजनाले भने, ‘तीन दिन अघि मैले पीसीआर परीक्षण गरेको हो, विमानस्थबाट बिहान ६ बजेदेखि भित्र जान दिएन, ११ बजेको फ्लाइट थियो, प्रहरीले रिपोर्ट नक्कली हो भन्छ, मैले ल्याबमा गएर पीसीआर परीक्षण गराएको हो, अब जान दिँदैन भने हामीहरुको क्षतिपूर्ति कस्ले दिन्छ ?’

उनले सिनामंगलस्थित सूरिया हेल्थ केयरमा पीसीआर परीक्षण गरेको बताए ।

उनी मात्र नभएर आज फर्काइएका अधिकांशको बिलौना उस्तै छ । अर्का एक मजदूर भन्छन्, ‘ नेपाल सरकारले सूरिया हेल्थ केयरलाई पीसीआर परीक्षणको अनुमति दिएपछि अनुगमन पनि सरकारले नै गर्नुपर्ने होइन र ?, अहिले उसको बदमासीले हामीलाई किन रोकेको छ ? हामीले पीसीआर गरेका हौँ , हाम्रो के दोष छ ?’

हेरौँ भिडियो

बुधबार प्रहरीले काठमाडौंस्थित सिनामंगलको सूर्य ल्याबबाट कोरोना परीक्षणको रिर्पोट देखाएर विदेश जान लागेका १२२ जनालाई विमानस्थलबाट फर्काएको हो ।

उक्त ल्याबले स्वाब नै नलिई नक्कली पीसीआर रिर्पोट बनाएर ९ हजारसम्म रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

विमानस्थल कार्यालयकाअनुसार मंगलबार सूरिया ल्याबमा छापा मार्दा नक्कली पीसीआर रिर्पोट बनाउने गरेको खुलेपछि सोही ल्याबबाट परीक्षण गराएका यात्रुलाई विदेश जानबाट फर्काइएको हो ।

महानगरी अपराध महाशाखाको टोलीले हिजो उक्त ल्याबमा छापा मारेर केही नक्कली रिपोर्ट बरामद गर्नुका साथै संलग्न ८ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको जनाएको छ ।

घटनका विषयमा महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले भने, ‘जनस्वास्थ्यका हिसाबले यो अत्यन्तै ठूलो लापरबाही हो । ल्याबको मिलेमतोमा नक्कली एजेन्ट खडा गरी ९ हजार रुपैयाँ लिएर स्वाव नै परीक्षण नगरी नेगेटिभ रिपोर्ट तयार भएको हामीले पाएका छौँ । थप अनुसन्धान हुँदैछ ।’

यता ऋण काढेर परिवार पाल्ने सुनौलो सपना बोकेर विदेसिन लागेकाहरुले भने आफूहरुको कुनै गल्ती नभएको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले आफूहरुको ऋण कस्ले तिरिदिन्छ भन्दै आक्रोश पोखेका हुन् ।

विमानस्थलबाट फर्काइएका मध्ये अर्का एक जनाले भने, ‘ कोरोना महामाहरीको त्रासकै बीच पनि विदेसिने रहर कस्को हाला र ? केही कमाउला, सुखका दिन आउलान् भनेर जान लागेको अब फर्काइदियो, हामीले उता होटल बुक गरेको, प्लेनको टिकट काटेको त्यो सबै खर्च कस्ले व्यहोर्छ, हाम्रो ऋण कस्ले तिरिदिन्छ ?’

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : ३० बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी