ल्याबको बदमासीले मारमा परे वैदेशिक रोजगारीमा जाने कामदार (भिडियोसहित) | Khabarhub Khabarhub

ल्याबको बदमासीले मारमा परे वैदेशिक रोजगारीमा जाने कामदार (भिडियोसहित)


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना परीक्षणको रिपोर्ट नक्कली बनाउने ल्याबको बदमासीका कारण वैदेशिक रोजगारीमा जान लागेका कामदार मारमा परेका छन् ।

वैदेशिक रोजगारीमा जानका लागि गरेको पीसीआर परीक्षणको रिपोर्ट नक्कली भएको भन्दै प्रहरीले विमानस्थलबाट आज १२२ जना श्रमिकलाई फर्काइएपछि उनीहरुले आफूहरुको क्षतिपूर्ति कस्ले दिने भन्दै विलौना गरेका छन् ।

ल्याबको बदमासीले गर्दा आफूहरु वैदेशिक रोजगारीमा जान नपाएको उनीहरुको भनाइ छ ।

विमानस्थलबाट फर्काइएका मध्ये सुनसरी इनरुवाका एकजनाले भने, ‘तीन दिन अघि मैले पीसीआर परीक्षण गरेको हो, विमानस्थबाट बिहान ६ बजेदेखि भित्र जान दिएन, ११ बजेको फ्लाइट थियो, प्रहरीले रिपोर्ट नक्कली हो भन्छ, मैले ल्याबमा गएर पीसीआर परीक्षण गराएको हो, अब जान दिँदैन भने हामीहरुको क्षतिपूर्ति कस्ले दिन्छ ?’

उनले सिनामंगलस्थित सूरिया हेल्थ केयरमा पीसीआर परीक्षण गरेको बताए ।

उनी मात्र नभएर आज फर्काइएका अधिकांशको बिलौना उस्तै छ । अर्का एक मजदूर भन्छन्, ‘ नेपाल सरकारले सूरिया हेल्थ केयरलाई पीसीआर परीक्षणको अनुमति दिएपछि अनुगमन पनि सरकारले नै गर्नुपर्ने होइन र ?, अहिले उसको बदमासीले हामीलाई किन रोकेको छ ? हामीले पीसीआर गरेका हौँ , हाम्रो के दोष छ ?’

हेरौँ भिडियो

बुधबार प्रहरीले काठमाडौंस्थित सिनामंगलको सूर्य ल्याबबाट कोरोना परीक्षणको रिर्पोट देखाएर विदेश जान लागेका १२२ जनालाई विमानस्थलबाट फर्काएको हो ।

उक्त ल्याबले स्वाब नै नलिई नक्कली पीसीआर रिर्पोट बनाएर ९ हजारसम्म रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

विमानस्थल कार्यालयकाअनुसार मंगलबार सूरिया ल्याबमा छापा मार्दा नक्कली पीसीआर रिर्पोट बनाउने गरेको खुलेपछि सोही ल्याबबाट परीक्षण गराएका यात्रुलाई विदेश जानबाट फर्काइएको हो ।

महानगरी अपराध महाशाखाको टोलीले हिजो उक्त ल्याबमा छापा मारेर केही नक्कली रिपोर्ट बरामद गर्नुका साथै संलग्न ८ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको जनाएको छ ।

घटनका विषयमा महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले भने, ‘जनस्वास्थ्यका हिसाबले यो अत्यन्तै ठूलो लापरबाही हो । ल्याबको मिलेमतोमा नक्कली एजेन्ट खडा गरी ९ हजार रुपैयाँ लिएर स्वाव नै परीक्षण नगरी नेगेटिभ रिपोर्ट तयार भएको हामीले पाएका छौँ । थप अनुसन्धान हुँदैछ ।’

यता ऋण काढेर परिवार पाल्ने सुनौलो सपना बोकेर विदेसिन लागेकाहरुले भने आफूहरुको कुनै गल्ती नभएको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले आफूहरुको ऋण कस्ले तिरिदिन्छ भन्दै आक्रोश पोखेका हुन् ।

विमानस्थलबाट फर्काइएका मध्ये अर्का एक जनाले भने, ‘ कोरोना महामाहरीको त्रासकै बीच पनि विदेसिने रहर कस्को हाला र ? केही कमाउला, सुखका दिन आउलान् भनेर जान लागेको अब फर्काइदियो, हामीले उता होटल बुक गरेको, प्लेनको टिकट काटेको त्यो सबै खर्च कस्ले व्यहोर्छ, हाम्रो ऋण कस्ले तिरिदिन्छ ?’

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : ३० बजे

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका