बेकह्याम र जेर्राडलाई ‘हल अफ फेम’ सम्मान « Khabarhub

बेकह्याम र जेर्राडलाई ‘हल अफ फेम’ सम्मान


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको ‘हल अफ फेम’ सम्मानबाट डेभिड बेकह्याम र स्टेभेन जेर्राड सम्मानित भएका छन् ।

प्रिमियर लिगले बिहीवार म्यानचेस्टर युनाईटेडका पूर्व कप्तान बेकह्यामलाई ‘हल अफ फेम’ बाट सम्मानित गरेको हो ।

यो सम्मान पाउने जेरार्ड सातौं र बेकह्याम आठौँ खेलाडी बनेका छन् । यसअघि यो सम्मान पूर्व खेलाडी फ्रांक लाम्पार्ड, थिएरी हेनरी, रोय केन, एरिक क्यान्टोना, एलन शियरर र डेनी बेर्गकाम्पले पाइसकेका छन् ।

प्रिमियर लिगको उपाधि एक पटक पनि नजित्ने जेरार्डलाई हल अफ फेमको सम्मान दिएको भनेर पिटर क्रचले आलोचना गरेका छन् । जेरार्डलाई पउल स्कोल्स र जोन टेरी भन्दा अगाडि हल अफ फेम दिएकोमा उनको आपत्ती रहेको छ ।

क्रचले एनफिल्डमा सन् २००५ देखि २००८ सम्म बिताएका थिए । जसमा उनले सन् २००६ मा एफ ए कपको उपाधि जितेका थिए । जेरार्डले प्रिमियर लिग खेल्दा सन् २००१ र ०२, २००८ र ०९ तथा २०१३ र १४ को सिजनमा उपविजेता बनेको थियो । हल अफ फेम पाउनेमा थिएरी हेनरी र एलन शियरर पहिलो ब्यक्ति बनेका थिए ।

यस्तै, म्यानचेस्टर युनाइेटडका पूर्व विंगर बेकह्यामले पउल स्कोल्स, पिटर र रियो फर्डिनान्डलाई पछि पार्दै यो सम्मान पाएका हुन । बेकह्यामले आफू हल अफ फेममा समावेश गरिए पनि सबैलाई धन्यवाद दिएका छन् । उनले प्रिमियर लिग आफ्नो करियरमा निकै महत्वपूर्ण रहेको र आफूलाई आइकोनीक खेलाडीसँगै यो सूचीमा राखेकोमा धन्यवाद दिए ।

बेकह्याम सर एलेक्स फर्गुसन प्रशिक्षक हुँदा म्यानचेस्टर युनाइटेडमा चम्किएका थिए । बेकह्यामले प्रिमियर लिगमा दुई सय ६५ खेल खेलेका थिए । उनी युनाइटेडबाट सन् २००३ मा रियल मड्रिडमा गएका थिए । ४६ बर्षे बेकह्यामले प्रिमियर लिगमा ६ वटा उपाधि जितेका थिए । जसमा उनले ६२ गोल गर्नुका साथै ८० एसिस्ट गरेका थिए ।

प्रिमियर लिगले पूर्व खेलाडीलाई गर्ने यो उच्च सम्मान हो । बेकह्याम युनाईटेडका लागि २ सय ६५ खेल खेलेका थिए । उनले युनाईटेडका लागि ६२ गोल र ८० असिस्ट गरेका थिए ।

युनाईटेडका लागि बेकह्यामले ६ प्रिमियर लिग उपाधि जितेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : ३० बजे

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन