म्यानचेस्टर सिटीका डियासलाई ‘फुटबलर अफ दि इयर’ अवार्ड « Khabarhub

म्यानचेस्टर सिटीका डियासलाई ‘फुटबलर अफ दि इयर’ अवार्ड


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले ‘एफडब्लुए फुटबलर अफ दि इयर’ अवार्ड जितेका छन् ।

यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डियासले फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ अवार्ड जितेका हुन् । एसोसिएसनले बिहीबार पोर्चुगिज डियासलाई ‘फुटबलर अफ दि इयर’ घोषित गरेको हो ।

अवार्ड जित्ने क्रममा उनले सिटीकै केभिन डी ब्रुएन र टोटेनहमका ह्यारी केनलाई पछि पारे । यस सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । र, सिटीको उपाधि यात्रामा डियासले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

२४ वर्षीय डियास यस अवार्ड जित्ने दोस्रो डिफेन्डर हुन् । यस अघि लिभरपुलका स्टिभ निकोलले १९८९ मा यस अवार्ड जितेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : ३३ बजे

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा