फिल्म क्षेत्र छोड्दै काजल « Khabarhub

फिल्म क्षेत्र छोड्दै काजल


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री काजल अग्रवालले गत वर्ष प्रेमी गौतम किचलूसँग विवाह गरिन् । उनले विवाहपछि पनि आफूले फिल्ममा अभिनय गरिरहने र दर्शकलाई मनोरञ्जन दिइरहने प्रतिबद्धता जनाएकी थिइन् । तर अहिले भने उनी आफ्नो प्रतिबद्धताबाट पछि हटेकी छन् ।

जीन्यूजका अनुसार ‘सिंघम’ अभिनेत्री काजल अग्रवालले हालै एक अन्तरवार्तामा आफूले अभिनय छोड्न सक्ने जनाउ दिएकी छन् ।

‘यदि पतिले मलाई फिल्ममा काम गर्न रोक लगाउनुभयो भने म तुरुन्तै अभिनय छोड्नेछु । तर अहिले त्यस्तो वातावरण छैन । त्यहीकारण केही समयलाई अभिनयमै रहनेछु । अहिलेसम्मलाई परिवारको समर्थन छ’, उनले भनेकी छन् ।

उनले आफ्नो अभिनय कहिलेसम्म रहने हो भन्ने कुराको केही टुंगो नरहेको बताएकी छन् ।

काजल चाँडै नै चिरञ्जीवी स्टारर फिल्म ‘आचार्य’मा देखिँदैछिन् । फिल्मका निर्देशक कोरतल्ला शिवा हुन् । यसबाहेक काजल तमिल फिल्म ‘इण्डियन २’ र ‘हे सिनामिका’मा पनि देखिँदैछिन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : ४५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा