फिल्म क्षेत्र छोड्दै काजल « Khabarhub

फिल्म क्षेत्र छोड्दै काजल


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री काजल अग्रवालले गत वर्ष प्रेमी गौतम किचलूसँग विवाह गरिन् । उनले विवाहपछि पनि आफूले फिल्ममा अभिनय गरिरहने र दर्शकलाई मनोरञ्जन दिइरहने प्रतिबद्धता जनाएकी थिइन् । तर अहिले भने उनी आफ्नो प्रतिबद्धताबाट पछि हटेकी छन् ।

जीन्यूजका अनुसार ‘सिंघम’ अभिनेत्री काजल अग्रवालले हालै एक अन्तरवार्तामा आफूले अभिनय छोड्न सक्ने जनाउ दिएकी छन् ।

‘यदि पतिले मलाई फिल्ममा काम गर्न रोक लगाउनुभयो भने म तुरुन्तै अभिनय छोड्नेछु । तर अहिले त्यस्तो वातावरण छैन । त्यहीकारण केही समयलाई अभिनयमै रहनेछु । अहिलेसम्मलाई परिवारको समर्थन छ’, उनले भनेकी छन् ।

उनले आफ्नो अभिनय कहिलेसम्म रहने हो भन्ने कुराको केही टुंगो नरहेको बताएकी छन् ।

काजल चाँडै नै चिरञ्जीवी स्टारर फिल्म ‘आचार्य’मा देखिँदैछिन् । फिल्मका निर्देशक कोरतल्ला शिवा हुन् । यसबाहेक काजल तमिल फिल्म ‘इण्डियन २’ र ‘हे सिनामिका’मा पनि देखिँदैछिन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : ४५ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६