संयुक्त राष्ट्रसंघ र साझेदारहरूद्वारा सहायता जुटाउन आह्वान « Khabarhub

संयुक्त राष्ट्रसंघ र साझेदारहरूद्वारा सहायता जुटाउन आह्वान


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालस्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूद्वारा आपत्कालीन कोभिड–१९ योजना जारी गर्दै नेपालका सबैभन्दा सङ्कटासन्न व्यक्ति तथा समुदायका लागि जीवनरक्षक सहायता जुटाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि आह्वान गरिएको छ ।

कोभिड–१९ महामारीका बीच नेपाल ज्यादै जटिल अवस्थामा पुगेको परिप्रेक्षमा संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले आज नेपाल कोभिड–१९ प्रतिकार्य योजना जारी गर्दै महामारीबाट प्रभावित सबैभन्दा सङ्कटासन्न सात लाख ५० हजार जनालाई आगामी तीन महिनासम्म सहयोग गर्न एउटा आपत्कालीन प्रतिकार्य योजना परिचालनका निम्ति आठ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि आह्वान गरिएको हो ।

नेपाल सरकारको प्रतिकार्य प्रयासहरुलाई बल पुर्‍याउन आवश्यक सहयोगका महत्वपूर्ण क्षेत्रहरु समावेश गरिएको उक्त योजनालाई ‘नेपाल ह्युमानिटेरियन कन्ट्रीटीम’ र नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट अनुमोदित भइसकेको नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयले जनाएको छ ।

नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले आज एक वक्तव्य जारी गर्दै ‘अहिलेको प्रकोपले स्वास्थ्य क्षेत्रमा मात्र नभई सबै क्षेत्रमाथि विनाशकारी प्रभाव पारिरहेको छ र त्यसबाट नेपाली समाजका सबैभन्दा गरिब तथा सीमान्तकृत व्यक्तिहरु बढी प्रभावित हुन पुगेका छन् । आज हामीले जारी गरेको कोभिड–१९ प्रतिकार्य योजनाले आज, भोलि र आउँदा केही कठिन हप्तामा जीवन बचाउन र अनावश्यक पीडा निवारण गर्न अति आवश्यक तत्काल चालिनुपर्ने कदम र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आह्वान गर्दछ । हामीले समय खेर फाल्नसक्दैनौँ’ भनिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ४ : ५१ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र