नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक | Khabarhub Khabarhub

नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक



रुपन्देही– कपिलवस्तु प्रहरीले नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा २ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ बस्ने साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

नेता पाण्डेमाथि ३ राउण्ड गोली प्रहार भएको थियो । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैइरहेको छ ।

उनीहरुले प्रयोग गरेको लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, गोली र खोका पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

पक्राउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण आफूले गोली प्रहार गरेको प्रहरी सामु स्वीकार गरेको प्रहरीले बताएको छ । व्यक्तिगत रिसइवीका कारण पाण्डेयलाई गोली हानी हत्या गर्ने योजना बनाएको आरोपितले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ । नेता पाण्डे सडवाबाट तौलिहवातर्फ मोटरसाइकलमा आउँदै गर्दा उनीमाथी गोली प्रहार भएको थियो ।

पाण्डेसँगै रहेका अर्का भारतीय नागरिक मोहमद ईसाद खान पनि घाइते भएका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ७ : १० बजे

ऐतिहासिक गाजाको दह : पानी सुक्न थालेपछि स्थानीयवासी चिन्तित

बलेवा – यहाँस्थित ऐतिहासिक गाजाको दह नजिकै व्यापार गर्दै आएका

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक

कांग्रेसको सयदिने अभियान : ‘सदस्यता घर–आँगन’

काभ्रे– नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सयदिने अभियान’सुरु गरेको छ ।

निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी

चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा

एजेन्सी – निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा