सपथसम्बन्धी अध्यादेश जारी : ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइयो « Khabarhub

सपथसम्बन्धी अध्यादेश जारी : ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइयो


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा भन्न अस्वीरका गरेको ‘प्रतिज्ञा गर्छु’ शब्दलाई अध्यादेशमार्फत हटाइएको छ ।

प्रधानमन्त्री ‌ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्न अस्वीकार गरेकोमा विवाद भएपछि सरकारले सपथसम्बन्धी अध्यादेश जारी गरेको हो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेका थिए ।

यस्तै अध्यादेशमा सपथ लिने व्यक्तिले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने बारेमा शपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ । तर अब आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर पनि शपथ लिन सकिने अध्यादेशमा व्यवस्था छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ५३ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय