पहिरोले १५ स्थानमा सडक अवरूद्ध, २६ ठाउँमा एकतर्फी यातायात सञ्चालन « Khabarhub

पहिरोले १५ स्थानमा सडक अवरूद्ध, २६ ठाउँमा एकतर्फी यातायात सञ्चालन


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाढीपहिरोले विभिन्न जिल्लाका १५ ठाउँमा राजमार्ग पूर्णरूपमा बन्द भएको छ ।

सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ  । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला सडक बन्द छन् ।

यस्तै बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडक खण्डको बार्जुगाड र हड्डे खोलामा सडक अवरूद्ध भएको छ । मुगुको घच्चीलेक, कालीकोटको भिग्म सडक, सुर्खेतको भेरी करिडोर सडकमा पनि पहिरोले पूर्णरूपमा बन्द भएको छ ।

अरनीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको ठोरी-भण्डारा-मलेखु-गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्याफ्रुवेसी-रसुवागढी सडकखण्डको त्रिशूली खोला, सानु भार्खु खोला तथा गाँजाबारीमा पनि पहिरोले सडक पूर्णरूपमा बन्द भएको छ ।

सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पहिरो पन्छाउन समस्या भएको  सडक विभागले जनाएको छ । विभागकाअनुसार बाढी पहिरोका कारण ५२ ठाउँमा सडक बन्द रहेकोमा ११ ठाउँमा दुईतर्फी र २६ ठाउँमा एकतर्फी खुलाइएको छ ।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ३३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका