फिट देखिन बलिउड कलाकारको यस्तो खान्की « Khabarhub

फिट देखिन बलिउड कलाकारको यस्तो खान्की


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– खाजालाई दिनको एउटा महत्वपूर्ण खाना मानिन्छ । बलिउडका कलाकार पनि आफूलाई फिट राख्नका लागि सन्तुलित खाजा खान रुचाउछन् । उनीहरुको खाजामा प्रायः अण्डा, दाल, फ्राइराइस र पराठा पर्छन् ।

अभिनेत्री मलाइका अरोडा प्राय मानिसहरुलाई स्वस्थ रहनका लागि प्रोत्साहन गरिरहन्छिन् । उनी खाजामा एक कचौरा फलफूल अथवा फ्राइराइस, दाल र भक्काजस्तै खानेकुरा खान्छिन् ।

‘सुपर डान्सर–४’ की निर्णायक शिल्पा सेठ्ठी कुन्द्राको फिटनेस शैली लोकप्रिय छ । उनी खाजामा केरा, स्याउ र ओखरसँगै ओट्स खान्छिन् । उनी चाँडै उठ्दा बदाम दुध, केरा, काचो ओट्स लिन्छिन् । उनी एभोकार्डोसँगै दुई अण्डा वा घ्यू र चिया तथा टोस्ट खान्छिन् ।

‘राधे’ अभिनेता सलमान खान खाजामा रोटी, घ्यू, तरकारी र कम फ्याटवाला दुध खान्छन् ।

अभिनेत्री प्रियंका चोपडा जोनस खाजामा अमलेट टोस्ट, एभोकार्डो टोस्ट, डोसा खान्छिन् । उनलाई पराठा खाना निकै मनपर्छ ।

अभिनेत्री करीना कपूर खान खाजामा पोहा, उपमा र अण्डा खान्छिन् ।

बलिउडका ‘खेलाडी कुमार’ अक्षय कुमार खाजामा प्रायः दुध पिउछन् र पराठा खान्छन् ।

बलिउडका ‘चकलेटी ब्वाई’ रणवीर कपूर खाजामा बदाम, ब्राउन ब्रेड, प्रोटिनयुक्त खानेकुरा खान्छन् । उनी शरीरलाई फिट बनाउन नियमित व्यायाम पनि गर्छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : १५ बजे

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई