फिट देखिन बलिउड कलाकारको यस्तो खान्की « Khabarhub

फिट देखिन बलिउड कलाकारको यस्तो खान्की


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– खाजालाई दिनको एउटा महत्वपूर्ण खाना मानिन्छ । बलिउडका कलाकार पनि आफूलाई फिट राख्नका लागि सन्तुलित खाजा खान रुचाउछन् । उनीहरुको खाजामा प्रायः अण्डा, दाल, फ्राइराइस र पराठा पर्छन् ।

अभिनेत्री मलाइका अरोडा प्राय मानिसहरुलाई स्वस्थ रहनका लागि प्रोत्साहन गरिरहन्छिन् । उनी खाजामा एक कचौरा फलफूल अथवा फ्राइराइस, दाल र भक्काजस्तै खानेकुरा खान्छिन् ।

‘सुपर डान्सर–४’ की निर्णायक शिल्पा सेठ्ठी कुन्द्राको फिटनेस शैली लोकप्रिय छ । उनी खाजामा केरा, स्याउ र ओखरसँगै ओट्स खान्छिन् । उनी चाँडै उठ्दा बदाम दुध, केरा, काचो ओट्स लिन्छिन् । उनी एभोकार्डोसँगै दुई अण्डा वा घ्यू र चिया तथा टोस्ट खान्छिन् ।

‘राधे’ अभिनेता सलमान खान खाजामा रोटी, घ्यू, तरकारी र कम फ्याटवाला दुध खान्छन् ।

अभिनेत्री प्रियंका चोपडा जोनस खाजामा अमलेट टोस्ट, एभोकार्डो टोस्ट, डोसा खान्छिन् । उनलाई पराठा खाना निकै मनपर्छ ।

अभिनेत्री करीना कपूर खान खाजामा पोहा, उपमा र अण्डा खान्छिन् ।

बलिउडका ‘खेलाडी कुमार’ अक्षय कुमार खाजामा प्रायः दुध पिउछन् र पराठा खान्छन् ।

बलिउडका ‘चकलेटी ब्वाई’ रणवीर कपूर खाजामा बदाम, ब्राउन ब्रेड, प्रोटिनयुक्त खानेकुरा खान्छन् । उनी शरीरलाई फिट बनाउन नियमित व्यायाम पनि गर्छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : १५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी