खसीबोका चोरेको आरोपमा एकजना पक्राउ « Khabarhub

खसीबोका चोरेको आरोपमा एकजना पक्राउ


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– खसी–बोका चोरेको आरोपमा मोरङको सुन्दरहरैंच नगरपालिकबाट एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७ बस्ने २७ वर्षीय डम्मर कटुवाल हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार शुक्रबार दिउँसो १ बजे सुन्दरहरैचा–३ गछियाका जीवन खड्काको बाख्राको खोरबाट अन्दाजी ३० केजीको सेतो रंगको र अन्दाजी १८ केजीको कालो पेटारे रंगको खसी चोरी भएको खबर पाएपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले एक घण्टाभित्रै सुन्दरहरैँचा–८ कृष्ण पेट्रोल पम्प उत्तरतर्फको बाटोमा उक्त खसीहरू डोर्‍याएर लाँदै गरेको अवस्थामा फेला पारेको हो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ०५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको